निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै मुद्धा दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

काँकडभिट्टा ,१६ चैत / काँकडभिट्टा खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाका दुवै खेमाका विरूद्ध निर्वाचन आचार संहिता उल्लंघन गरेकाे भन्दै निर्वाचन समितिमा कारवाहीका लागि निवेदन दर्ता भएकाे छ । आगामी चैत २१ गते शनिवार हुने समितिकाे निर्वाचनमा उम्मेदवारी दर्ता गराएकाे नेकपा एमाले र राप्रपाकाे गठबन्धन साझा उम्मेदवार र नेपाली काँग्रेस , नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीकाे गठबन्धन लाेकतान्त्रिक प्यानलका उम्मेदवारले काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे निर्वाचन सम्बन्धि आचार संहिता उल्लघन गरेकाे भन्दै उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार कृष्णबहादुर सुवेदी किरणले निर्वाचन आयाेगकाे कार्यालयमा शनिवार मुद्दा दर्ता गराएकाे निर्वाचन समितिले पुष्टि गरेकाे छ ।

निर्वाचन समितिले जारी गरेकाे काँकडभिट्टा खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे निर्वाचन सम्बन्धि १८ बुँदे आचार संहिताकाे ३ नम्वर बुँदामा प्रचार प्रसारका क्रममा पेपर मिडिया (पत्रपत्रिका) तथा इलेक्ट्रोनिक मिडिया टेलिभिजन रेडियाे) मा विज्ञापन गर्न नपाईने उल्लेख छ । तर, दुवै समूहका उम्मेदवारले निर्वाचन समितिले जारीकाे काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे निर्वाचन सम्बन्धि आचार संहिताकाे उल्लघन गर्दै निर्वाचन समितिलाई चूनाैती दिदैं दैनिक र साप्ताहिक पत्रिकामा उम्मेदवारकाे फाेटाे सहित प्रचारका विज्ञापन गरेकाे भन्दै आफुले निर्वाचन समितिमा कारवाहीका लागि मुद्दा दर्ता गरेकाे सुवेदीले बताउनुभयाे । उहाँकाे मुद्दाकाे दर्ता नम्वर ०१ रहेकाे छ । यस विषयमा दुवै समूहका प्रचार प्रसार समितिका संयाेजकहरूले अनविज्ञता प्रकट गरेका छन् । ” प्रचार प्रसार समितिले यस्ताे काम गरेकाे छैन्, र हामीले हेरेका पनि छैनाै,कुनै शुभचिन्तकहरूले छापे हाेलान ” लाेकतान्त्रिक प्यानलका प्रचार प्रसार समितिका संयाेजक सुर्यप्रकाश उप्रेतीले भन्नुभयाे -” के भएकाे हाे हामी बुझ्छाै। तर, सुवेदीले विज्ञापन प्रकाशित पत्रिका समेत निवेदनमा संलग्न राखेर कडा भन्दा कडा कारवाहीकाे माग गर्नुभएकाे छ ।उता स्वतन्त्र समूहका प्रचार प्रसार समितिका संयाेजक देवकुमार राईले पनि यश विषयमा आफु अनविज्ञ रहेकाे प्रतिक्रिया दिनुभयाे । ” निर्वाचन आचार संहिता सवैले पालना गर्नु पर्दछ ” उहाँले भन्नुभयाे -“यसवारे हामीलाई थाहा छैन, यति त्यस्ताे भएकाे ठहर भए निर्वाचन समितिले फैसला गर्ला ” उपाध्यक्ष पदका उम्मेदवार सुवेदीले यस विषयमा मुद्दा दर्ता गरेकाे समितिले पुष्टि गरेकाे छ । समितिका संयाेजक लक्ष्मीप्रसाद उप्रेतीले आईतवार वैठक बसेर यसकाे किनारा लगाउने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.