१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगरका सवै विद्यालयका वार्षिक परीक्षा स्थगित

सेयर:

मेचीनगर, १३ बैशाख | मेचीनगर नगरपालिकाभित्र सञ्चालनमा रहेका सवै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको वार्षिक परीक्षा स्थगित गरिएको छ । बैशाख १२ गतेको सिसिएमसीको प्रेस विज्ञप्ती अनुसार भौतिकरुपमा हुने पूर्व निर्धारित परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गर्ने जानकारी प्राप्त भएपछि नगरभित्र सञ्चालनमा रहेका सवै खाले विद्यालयको वार्षिक परीक्षा स्थगित गरिएको नगर शिक्षा शाखाले जनाएको छ । शाखा अनुसार नगरभित्र ४१ समुदायिक, निजी ५९ र धार्मिक गरी कुल एकसय ९ वटा विद्यालय रहेका छन् ।

२०७७ सालको वार्षिक परीक्षा सञ्चालनका सम्बन्धमा नगर प्रमुख विमल आचार्यको अध्यक्षतामा सोमबार शिक्षकका पेशागत संघ संगठनका प्रतिनिधिहरु, तथा प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरुको छलफलबाट यस नगरपालिकाको पुर्व निर्धारित परीक्षाका सम्पूर्ण कार्यक्रमहरु अर्काे सूचना नहुञ्जेलसम्म स्थगित गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले बताउनुभयो ।

यदि अनुगमनका क्रममा यो सूचनाको उल्लंघन गरी परीक्षा सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत भण्डारीले बताउनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।