१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मोरङमा सात दिनका लागि निषेधाज्ञा जारी

सेयर:

विराटनगर । कोराना संक्रमणको दर उच्च हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शनिबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि निषेधाज्ञा गरिएको बताए ।

उनले विराटनगर महानगरपालिका,बुढीगंगा गाउँपालिका,जहदाँ गाउँपालिका तथा कटहरी गाउँपालिकाको १, २ ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको बताए । कोरोनाको दोश्रो लहरसँगै यी क्षेत्रमा संक्रमित हुनेको दर बढेको निष्कर्षसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बस्त्र बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए । सवारी साधनलाई पूर्ण रुपमा आवातजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल विहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको बताए ।

‘सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द हुनेछ,’ रातोपाटीसँग निरौलाले भने, ‘अवस्था अनुसार थप निर्णय हुनेछ । कोरोनाको दोश्रो लहरसँगै यी क्षेत्रमा संक्रमित हुनेको दर बढेको निष्कर्षसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।