१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगरमा रक्तदान, महिला र पुरुषगरी ४६ जनाले गरे रक्तदान

सेयर:

मेचीनगर, २१ जेठ । झापामा रगतको अभाव हुन नदिनका लागि शुक्रबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो अभियान झापाको आयोजनामा भएको रक्तदान कार्यक्रमको नवीन युवा क्लब मेचीनगर १३ र प्यारीभिट्टा युवा क्लब मेचीनगर १३ को सह आयोजक रहेका थिए ।
नेपाल रेडक्रस सोसाईटि झापा शाखाको प्राविधिक सहयोगमा मेचीनगर १४ धाइजनमोडमा भएको रक्तदानमा महिला र पुरुषगरी ४६ जनाले रक्तदान गरेको नरेश महराले जानकारी दिनुभयो । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि झापालाई हस्तान्तरण गरिएको छ ।


मेचीनगर नगरपालिका, राष्ट्रिय युवा परिषद झापा, मेची उद्योग वाणिज्य संघ मेचीनगर, कोभिड रेसपोन्स टिम झापा, कालिका युथ ग्रुप मेचीनगर १२ र सत्य साई सेवा केन्द्र प्रदेश नम्बर १ ले कार्यक्रममा सहयोगीको भूमिका निर्वाह गरेका थिए । अहिले कोभिड १९ को महामारीका बखत रगतको माग अत्यधिक हुने र यस्तो वेला रगतको अभाव हुने भएकाले यसलाई टार्न रक्तदान कार्यक्रम आयोजना गरिएको महराको भनाई छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।