झापामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु,मृतकको पहिचान खुल्न बाँकी

A notice in Nepali from Mechinagar Ward No. 10

दमक,मङ्सिर १५ । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार बेलुका पूर्वपश्चिम राजमार्गस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँड्दै गरेका पैदलयात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका उनको बिर्तामोडको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

तत्काल नाम, थर, वतन नखुलेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक झापा कमल १ का अन्दाजी २० वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.