मोटरसाइकल दुर्घटना हुँदा कनकाईका रघुनाथको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

 

बिर्तामोड : झापाको कमल गाउँपालिका ४ मा दुईवटा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दुई जना घाइते छन् ।

कमल ४ स्थित केर्खामा पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६ प ८९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

सोही समयमा प्रदेश १–०१–०१६ प ७१४० नम्बरको स्कुटरसमेत पुगेर ठक्कर हुँदा प्रदेश १–०१–०१६ प ८९९२ नम्बरको मोटरसाइकलको पछाडि सवार झापा कनकाई नगरपालिका ३ बस्ने ७० वर्षीय रघुनाथ भट्टराईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

दुर्घटनामा सोही मोटरसाइकल चालक कनकाई नगरपालिका ५ का ५३ वर्षीया चन्द्रप्रसाद भट्टराई घाइते भएका छन् ।

मे ६ प ३१५२ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ३ निवासी ५५ वर्षीय देवप्रसाद बजगाईंको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा परेका सबै मोटरसाइकल हाल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.