झापामा करेन्ट लागेर एकजनाको मृत्यु , आगोलागीका कारण पाँचलाख रुपैयाँको क्षति

A notice in Nepali from Mechinagar Ward No. 10

३० असार, मेचीनगर :  झापामा आइतबार साँझ करेन्ट लागेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ ८ बजेतिर झापा विर्तामोड नगरपालिका— १० पथरभिट्टाका ५३ वर्षीय पुष्प पोख्रेलको उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरेलले आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि विर्तामोडको विएण्डसी अस्पताल लगिएको थियो । साँझ ८: ४० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले दिएको प्रेस नेटमा उल्लेख छ । मृतक पोख्रेलका परिवार पाचथर बस्ने भएकाले उनी एक्लै झापा बस्दैं आएका थिए । करेन्ट लागेर घाइते बनेका उनलाई छिमेकी भवानी घिमिरेले उपचारका लागि अस्पताल पुर्याएका थिए ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि सोमबर इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको कमाण्डमा गएको टोलीले थप काम अघि बढाएको छ ।

उता, सोहि दिन साँझ पौने ७: ०० बजेतिर झापा जिल्ला विर्तामोड नगरपालिका —१ बिर्तासिटी अस्पताल छेउ रहेको टोकला चिया फ्याक्ट्रीको अफिसमा आग्लागी हुँदा पाँचलाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार गोदाममा राखेको जेनेरेटर रुममा विद्युत सर्ट भई आगलागी भएको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली र बिर्तामोड नगरपालिकाको वारुण यन्त्रको सहायतामा ८ः०० बजे आगो पूर्णरुपमा नियन्त्रणमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.