सुरुङ्गामा स्कुटरको ठक्करबाट एक पैदलयात्री निधन

A notice in Nepali from Mechinagar Ward No. 10

सुरुङ्गा । झापाको सुरुङ्गामा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–४ स्थित प्र १–०१–०१३ प ३९६६ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट स्थानीय ६५ वर्षीय कर्णबहादुर रायको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक मेचीनगर नगरपालिका–९ बस्ने ५३ वर्षीय राजु गुरुङ र स्कुटर पछाडि सवार उनकी श्रीमती ५१ वर्षीया तुलसा गुरुङ घाइते भएका छन् ।

उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.