मेचीनगरको कालिकामा सफारी र स्कार्पियो ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक बाहुनडाँगीबाट पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर (झापा) । झापाको मेचीनगर नगरपालिका–१५ कालिकास्थित भित्री सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। काँकडभिट्टाबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट जाँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेश ०१–००२ झ ७३६० नम्बरको स्कार्पियो एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। बिहान पौने एघार बजे भएको सो दुर्घटनामा सिटी सफारीमा सवार एक महिला गम्भीर घाइते भएकी थिइन्।

दुर्घटनामा परी गम्भीर घाइते भएकी मेचीनगर–१५ निवासी करिब ४० वर्षीया आरती उराउलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्‍याए लगतै बिहान सवा एघार बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटना लगतै स्कार्पियो चालक गाडीसहित घटनास्थलबाट फरार भएका थिए।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक निरेश चापागाईंको कमाण्डमा खटिएको प्रहरी टोलीले तीव्र खोजी सुरु गरेको थियो। प्रहरी टोलीले बिहान ११:५० बजे मेचीनगर–४ बाहुनडाँगीबाट फरार स्कार्पियो र त्यसका चालक भद्रपुर नगरपालिका–१० निवासी ५४ वर्षीय लिला श्रेष्ठलाई नियन्त्रणमा लिन सफल भएको छ।

यसै गरी, सिटी सफारीका चालक मेचीनगर–६ निवासी गम्भीर प्रसाद बातर हाल प्रहरीको सम्पर्कमा रहेका छन् भने दुर्घटनाग्रस्त सिटी सफारीलाई अस्थायी प्रहरी चौकी ज्यामिरगढीको नियन्त्रणमा राखिएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.