सुनसरीमा बस र विङ्गर ठोकिँदा चारजनाको मृत्यु, २३ घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

२६ साउन मेचीनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ ।
आज बिहान ७.१५ बजे भएको दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्। भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङ दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा विङगरमा सवार एक महिलासहित ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा सप्तरी मधावे गाउँपालिका –६बस्ने बर्ष अन्दाजी ३५ का शंकर मण्डल ,सुनसरी कोशी गाउँपालिका –६ बस्ने बर्ष अन्दाजी ७० का लक्ष्मण सदा र बिराटनगर बस्ने अशोक यादवको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरीमा मृत्यु भएको हो भने जिल्ला अस्पताल इनरुवामा अन्दाजी ४५÷५० वर्षकी महिलाको मृत्यु भएको छ । उनको सनाखत भएको छैन ।

घाइतेहरुको नामावली यसप्रकार रहेको छ ।

ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरीः–
१) मोरङ सुन्दरहरैचा न.पा.–९ बस्ने बर्ष नखुलेकी अम्बिका राई ।
२) खोटाङ रावावेसी गा.पा.–२ बस्ने बर्ष नखुलेकी निरुता परियार
३)ऐ. ऐ. बस्ने बर्ष ३८ का निर्मल परियार ।
४) सप्तरी मन्धेव गा.पा. –६ बस्ने बर्ष नखुलेका रबिन्द्रप्रसाद मण्डल ।
५) उदयपुर चौदण्डीगढी न.पा.–५ बस्ने बर्ष–५० की रेनुका श्रेष्ठ
६) झापा शिबसतासी न.पा.–५ बस्ने बर्ष–३८ का खगेन्द्र थापा – सामान्य
७) भद्रपुर न.पा.–९ बस्ने बर्ष–५३ का सन्तोष खत्री – सामान्य
८) उदयपुर बेलस्रोत न.पा.–१ बस्ने बर्ष–२० का दिपक बि.क. –सामान्य
९)इलाम चुलाचुली गा.पा.–३ बस्ने बर्ष–३६ का सविन राई –सामान्य
१०)सप्तरी धिकुति गा.पा.–६ बस्ने बर्ष नखुलेका रविन्द्र मेहता
११) गोईठी गा.पा.–३ बस्ने बर्ष–६८ का जिवछ महात्मा
१२) सप्तरी मधावे गा.पा.–६बस्ने बर्ष अ. ३५ का शंकर मण्डलको मृत्यु भएको ।
१३) सुनसरी कोशी गा.पा.–६ बस्ने बर्ष अ. ७० का लक्ष्मण सदाको मृत्यु भएको
१४) ऐ. अस्पतालमा १ जनाको मृत्यु भएको बिराटनगर बस्ने अशोक यादव हुन सक्ने थप पहिचान खुल्न बाँकी रहेको ।

जिल्ला अस्पताल इनरुवा सुनसरीः–
१५) जिल्ला खोटाङ हलेसी तुवाचुङ नपा १० बस्ने बर्ष ८४ का नेत्रलाल गिरीको टाउको र दाहिने खुट्टामा अबस्था सामान्य, डिस्चार्ज भई घरतर्फ
१६) नेत्रलाल गिरीका छोरा बर्ष अं. ३९ का केदार गिरी बुबाछोरा दुबै जना डिस्चार्ज भई घरतर्फ
१७) सोही अस्पतालमा १ जना मृतक अं. बर्ष ४५÷५० की महिला ।

गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको घाइतेहरुको विवरण
१८) झापा अर्जुनधारा नपा १ साजनटार बस्ने चन्द्र राईका छोरा बर्ष अं. २० का सत्य राईको आँखाको परेलामा चोट अबस्था बोल्न सक्ने मध्यम
१९) सप्तरी राजविराज न.पा.–६ बस्ने प्रकाशकुमार रायका छोरा बर्ष–१० का रुद्र राय
२०) मोरङ बिराटनगर मनपा–१० बस्ने बर्ष–४८ की शोभा यादव
२१) सप्तरी राजविराज न.पा.–१२ बस्ने बर्ष–४४ का प्रमोद रजक सामान्य
२२) तिलाठी गा.पा.–५ बस्ने बर्ष–२२ का रवि राय
२३) ऐ. राजविराज न.पा.–२ बस्ने बर्ष–२४ का भोला यादव, मध्यम
२४) सप्तरी राजबिराज तेतरीगाछी बस्ने बर्ष अं. ३५ का प्रदिप यादव

२५) सुनसरी कोशी गा.पा.–६ श्रीपुर बस्ने बर्ष–६० का जोगिन्द्र दास (बाबा) मध्यम
२६) डाक्नेश्वरी न.पा.–३ बस्ने बर्ष ३० की अमृता , मध्यम

बिराट नर्सिङहोम बिराटनगरमा उपचार भइरहेको
२७) सप्तरी राजविराज न.पा.–४ बस्ने बर्ष–२१ का सन्तोष बास्तोला मध्यम (डिस्चार्ज माईक्रोका सहचालक)

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ बस्ने वर्ष ३६ का गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.