प्रदेश १ मा ८० प्रतिशत रोपाइँ

A notice in Nepali from Mechinagar Ward No. 10

५ साउन,मेचीनगर । साउनको पहिलो हप्तासम्म एक नम्वर प्रदेशमा ८० प्रतिशत धान रोपाइँ भएकोे भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए। उप्रेतीका अनुसार साउन ४ गते सम्म कुल क्षेत्रफलको ८० प्रतिशत रोपाई भएको छ ।

ताप्लेजुङ जिल्लामा ८ हजार ८ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा ८५ प्रतिशतमा रोपाइँ भएको छ । सङ्खुवासभामा १४ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि ७० प्रतिशतमा रोपाइँ भएको छ । सोलुखुम्बु जिल्लामा १५ हजार हेक्टरमा धानखेती हुने भएपनि ९५ प्रतिशत रोपाइँ भएको छ ।

पाँचथर जिल्लामा ११ हजा ५ सय हेक्टरमा धानखेती हुँदै अएकोमा श्रावणको पहिलो हप्तासम्म ७५ प्रतिशत रोपाइँ भएको छ । इलाममा १५ हजार ९ सय ९५ हेक्टरमा धान खेती हुने गरेकोमा ६५ प्रतिशत रोपाई भएको छ भने २० हजार ७ सय हेक्टर क्षेत्रफलमा धानखेती गरिने भोजपुरमा ८५ प्रतिशत रोपाइँ भइसकेको छ ।

तेह्रथुम जिल्लामा १० हजार १ सय ७५ हेक्टरमा धान खेती गरिदै आएकोमा १० प्रतिशत मात्रै रोपाइँ भइसकेको छ । ११ हजार दूई सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुने धनकुटा जिल्लामा ७० प्रतिशत रोपाइँ भएको छ । उदयपुर जिल्लमा १४ हजा ७ सय पचास हेक्टक्षेत्रफलमा धानखेती हुने भएपनि ६५ प्रतिशतमा मात्रै रोपाइँ भएको छ । ओखलढुङ्गा जिल्लामा छ हजार छ सय ५ हेक्टर क्षेत्रफलमध्ये ६ प्रतिशत रोपाइँ भएको छ ।

खोटाङ जिल्लमा १५ हजार २ सय दूई हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि ७५ प्रतिशतमा रोपाइँ भएको छ । झापा जिल्लामा ७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि ४० प्रतिशतमा मात्रै रोपाइँ भएको छ । मोरङग जिल्लामा ७८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकोमा ८० प्रतिशतमा मात्रै रोपाइँ भएको छ ।

गत वर्ष साउनको पहिलो हप्ता सम्म प्रदेश १ मा ८२ प्रतिशत स्थानमा रोपाइँ भएको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।

यता सुनसरी जिल्लामा पनि अधिकतर स्थानमा धान रोपाइँ भएको सुनसरी ज्ञानकेन्द्रका प्रमूख नुनुलाल उराँउले बताए । उराँउका अनुसार सुनसरीमा ५३ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएकोमा यस वर्ष समयमै पानी परेकाले ८० प्रतिशत स्थानमा रोपाइँ भएको छ ।

तराईलाई अन्न भन्डारको राजधानी मानिन्छ । यस वर्ष समयमै धान रोप्न पाउँदा धानको उत्पादकत्वमा वृद्धि हुने किसानहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.