तीनवर्षदेखि पूर्वीनाकाबाट हुने बन्दाकोपीको निर्यात हरेकवर्ष क्रमस ओरालो लाग्दैं

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर | कुनैबेला निकासी व्यपारमा महत्वपूर्ण टेवा पुर्याउने बन्दाकोपीको निर्यात तीनवर्षयता क्रमस ओरालो लाग्दै गएको छ । निर्यातका क्रममा बेला बेला हुने झण्टझटिलो प्रावधान र समस्याका कारण पुर्वीनाकाबाट हुने बन्दाकोपी निकासी आर्थिक वर्ष २०७४/०७५ यता तुलानात्मकरुपमा क्रमस ओरालो लाग्दो अवस्थामा छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालयको त्रिवर्षीया तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पूर्वीनाका काँकरभिट्टा भएर ५ करोड ८० लाख २४ हजार रुपैयाँ बराबरको ७ हजार २ सय ५८ मेट्रिक टन बन्दाकोपी निर्यात भएको छ । त्यसपछिका वर्षदेखि निर्यात व्यापार बढ्नुको सट्टा हरेक वर्ष घट्दै गएको कार्यालयले जनाएको छ ।

कार्यालय प्र्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा निर्यात व्यापार घटेर बन्दोकोपीको निर्यात ५ करोड २० लाख ६० हजार वा ५ हजार २ सय ६ मेट्रिक टनमा सिमीत भयो । यी दुई आर्थिक वर्षमा तुलानात्मकरुपमा बन्दाकोपीको निर्यात व्यापारमा ५९ लाख ४ हजार रुपैयाँ घाटा भयो ।

गत आर्थिक वर्ष २०७६/०७७ मा बन्दाकोपीको निर्यात झन निराशाजनक छ । त्यो वर्ष ३ करोड ६९ लाख १० रुपैयाँ मुल्य बराबरको ३ हजार ६ सय ९१ मेट्रिक टन बन्दाकोपी निर्यात भएको कार्यालय प्रमुख राईले बताउनुभयो । पूर्वी पहाड संखुवासभा, भोजपुर, तेह्थुम, धनकुटा, इलाम, पाचथर, ताप्लेजुङमा व्यवसायिकरुपमा किसानले उत्पादन गररेकोे बन्दा धेरजसो भारतर्फ निर्यात हुने गरेको कार्यालयले जनाएको छ । भारतमा नेपाली बन्दाकोपीको माग उच्च रहेको छ । कहिले काहि त माग अनुसार पूर्ति गर्न नसकिने अवस्था समेत सिर्जना हुने गरेको बताइन्छ ।

शुरु शुरुमा निर्यातका क्रममा हुने केही केही समस्याका कारण निर्यात घटेपनि पछिल्लो समय नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं अघिल्लो वर्षको चैत ११ गते नेपाल सरकारले लकडाउनका कारण पनि निर्यात कम भएको हो ।

चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकरभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द थिए ।

भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई थियो ।

जडीबुटीको निर्यात बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.