चन्द्रागिरी हिल्सको आईपीओ सूचीकरणमा ढिलाइ हुनसक्ने, यस्तो छ कारण

A notice in Nepali from Mechinagar Ward No. 10
A stunning view of a traditional Nepali temple with a multi-tiered brown roof and a white and brown building in the foreground, set against a backdrop of snow-capped mountains and a clear blue sky.

काठमाण्डौ । भर्खरै निष्कासन भएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण हुन केही ढिला हुने भएको छ।

हिजोआज प्रायः कम्पनीका आईपीओ बाँडफाँड भएको एक साताभित्रै नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुँदै आएको छ। यसै सन्दर्भमा गत शुक्रबारमात्रै आईपीओ बाँडफाँड भएको चन्द्रागिरी हिल्सको सेयर नेप्सेमा सूचीकरण हुन भने अझै थप केही समय लाग्ने भएको स्रोत बताउँछ। कम्पनीले दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन तयार गरिरहेकाले सूचीकरणमा ढिलाइ हुने भएको स्रोतको भनाइ छ।
चन्द्रागिरी हिल्सको सेयर नेप्सेमा सूचीकरण भएको खण्डमा दोस्रो बजारमा पहिलोपटक कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रु.९६.६९ देखि रु. २९०.०७ सम्म ओपनिङ रेन्ज तोक्नेछ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ।

यो कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निश्कासन गरेको थियो।

आइपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो। यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.