ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ बाँडफाड, २ जनाले पाए ११ कित्ता

A notice in Nepali from Mechinagar Ward No. 10

माघ २३ गतेबाट खुलेको ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आईपिओ शुक्रबार अर्थात आज बाँडफाँड भएको छ। यस कम्पनीको बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार नै आईपिओको प्रि अलोटमेन्ट सकिसकेको छ। प्रि अलोटमेन्ट सकेर आज अर्थात शुक्रबार शेयर बाँडफाँड गरेको हो। शुक्रबार बिहान नौ बजे शेयर बाँडफाँड भएको बिओके क्यापिटलले जनाएको छ।

यस कम्पनीको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट आवेदन परेको थियो। तर १३ लाख १९ हजार ५९ जना आवेदकको मात्र आवेदन बाँडफाडका लागि योग्य भएको बिओके क्यापिटलले जानकारी दिएको छ। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ।

गोलाप्रथा मार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन्। बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ। यसआधारमा २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएकोमा ३ हजार ९१२ जनाको आवेदन रद्द भएको छ। १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

तपाईलाई आईपिओ पर्यो परेन कसरी हेर्ने? हेर्ने तरिका पढ्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.