अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलमा पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्न व्यवस्था चाँडै सुरु हुन लागेको छ। हाल प्रयोगकर्ताले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा सम्बन्धित डीपीसम्म पुगेर पासवर्ड रिसेट गर्न अनुरोध गर्नुपर्छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को मेरो सेयर पोर्टलमा प्रयोगकर्ताले आफैँ पासवर्ड परिवर्तन गर्न सक्ने व्यवस्था सुरु हुने भएको हो। मेरो सेयरका प्रयोगकर्ताले युजर नेम र पावसर्ड बिर्सेमा मर्चेन्ट बैंकका डीपीमा गई फर्म भरी पासवर्ड रिसेट गर्न अनुरोध गर्नुपथ्र्यो तर यो सवालमा स्टक ब्रोकर हाउसका डीपीहरुले भने फोन गरेर पासवर्ड रिसेट गर्दै आइरहेका छन्।

आज बिहीबार सीडीएससी र मर्चेन्ट बैंकहरुसँग भएको छलफल पनि मेरो सेयरको पासवर्ड रिसेट स्वयं गर्न सक्ने व्यवस्थाका बीच छलफल भएको बैठकमा सहभागी एक क्यापिटलका अधिकारीले बताए। पासवर्ड रिसेट स्वयं गर्न मिल्ने व्यवस्थाका लागि सीडीएससीले पूर्णअवस्थामा रहेको र चाँडै सो व्यवस्था सुरु हुने ती अधिकारीले सुनाए ।

सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले आज मर्चेन्ट बैंकका आईटी अधिकारीहरुसँग समसामयिक विषयहरुमा छलफल भएको बताए। मेरो सेयरको पासवर्ड रिसेट प्रयोगकर्ताले आफैँ गर्न मिल्ने व्यवस्था चाँडै हुने उनले दाबीसमेत गरे।

मर्चेन्ट बैंकहरुका अनुसार मर्चेन्ट बैंकमा दैनिकजसो मेरो सेयरको पासवर्ड रिसेटका लागिमात्रै औसतमा ५०० अनुरोध आउने गरेको छ। नयाँ कम्पनीको आईपीओ आवेदन गर्ने बेलामा लगानीकर्ताहरुले मेरो सेयरको पासवर्ड बिर्सेर पासवर्ड रिसेट गर्नेको घुइँचो निकै बाक्लो भीडभाड हुने गरेको मर्चेन्ट बैंकहरुको जिकिर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.