सरकारी कार्यालय थोत्रा गाडी थन्कयाउने क्षेत्र

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
२ जेठ, मेचीनगर : विभिन्न कसुरमा पक्राउ तथा दुर्घटनामा परेका सवारीसाधन समयमा लिलाम नहुदाँ वा मुद्धा किनारा लाग्न नसक्दा यतिखेर झापाको मेचीनगरका विभिन्न सरकारी कार्यालय परिसरमा ती सवारी साधन कुहिने अवस्थामा पुगेका छन । समयमै ती सवारी साधन लिलामी हुन नसक्दा सरकारले करोडौं रुपैयाँ राजस्व घाटा व्योहोर्नु परेको छ । सम्बन्धित निकायले लिलामी गर्न नसक्दा सवारीसाधन थोत्रिने अवस्थामा पुगेका छन् भने कतिपयको पार्टपूर्जासमेत थोत्रा भएर कामै नलाग्ने अवस्थामा पुगेका छन् । करोडौं रुपैँयाँ राजस्वसमेत गुम्ने खतरा बढेको छ ।
चोरी पैठारीका बेला पक्राउ गरिएका , सवारी दुर्घटनामा परेका र विभिन्न कारवाहीका क्रममा जफत गरिएका ती सवारीसाधनको लिलाम प्रक्रिया झण्झटिलो भएका कारण र मुद्धा समयमै किनारा लाग्न नसक्दा करोडौंका सवारीसाधन कवाडी बन्ने अवस्थामा पुगेका मात्र छैनन् सरकारको लाखौं रुपैयाँ राजस्व समेत गुम्दैं गएको सरकारी अधिकारीहरुको भनाई छ ।

दुर्घटनामा परेका सवारीधनीले समयमै जिम्मा नबुझदा् इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा झण्डै करोडौं मुल्य बराबरका सवारी साधन कवाडीमा परिणत हुने अवस्थामा पुगेकाछन् । सबै भन्दा बढी दुईपाङग्रे मोटरसाइकल र साइकल रहेका छन् । धेरै त्यस्ता दुर्घटनाको मुद्धा किनारा लागेपनि सवारीधनीले नलैजादा यो समस्या आएको प्रहरी नायव उपरीक्षक निशेष चापागाईँले बताए । साधन सहित क्षतिपूर्ति पाएपछि त्यस्ता साधन छाडेर जाने गरेका कारण पनि यस्ता सवारी साधनको संख्या थपिने क्रम बढ्दो छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा ट्रक, सिटीसफारी तथा दर्जनबढी मोटरसाइकल रहेका छन् ।

कार्यालय परिसरमा रहेका धेरै सवारी साधन त काम लाग्ने अवस्थामै छैनन् । क्षतिग्रस्त सवारी साधको क्षतिपूर्त पीडित पक्षले पाए पछि पुराना छाडेर जाने त्यसलाई प्रहरीले लिलामी गर्न पनि नपाउने भएकाले पनि यस्ता साधनको संख्या दैनिकरुपमा बढ्दो क्रममा रहेको कार्यालयको मुद्धा शाखाले जनाएको छ । कवाडीमा परिणत हुन लागेका सवारीसाधनहरु मध्ये सबैभन्दा बढी मोटरसाइकल नै छन् । कतिको आवश्यवक कागजात नभएको, कतिले बर्षौदेखि सवारी साधनको कर नबुझापाएको, कतिले समयमै नविकरण नगरेका,कति भारतीय नम्बर प्लेटका र दुर्घटनामा परेर सवारी धनीको मृत्यु भएकाले पनि ती साधन साधन बेवारिसे बनेका हुन । ती सवारी साधनको प्रक्रिया पुर्याएर कारवाही गर्ने प्रहरी नायव उपरीक्षक चापागाईँले बताए ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा परिसरमा समेत एउटा स्कुटी र तीनवटा मोटरसाइकल थन्किएका पोस्ट प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक नारायण राईले बताए । समयमै ती सवारीसाधनको विषयले निकास पाउन नसक्दा भौतिक अवस्था ह्रास हुँदै गएको छ । लामो समयसम्म ती सवारीसाधन ‘डम्प’ गर्दा रेखदेख गर्ने जनशक्तिको अभावमा सवारीसाधनका पार्टपूर्जा हराउने, नष्ट हुने र विग्रने गरेका छन् । यसले राज्यले ठूलो आर्थिक घाटा व्यहोर्नु परेको सरकारी अधिकारीहरुको भनाई छ ।

अहिले कतिपय स्थानमा ती सवारीसाधन एकमाथि अर्को गर्दै राखिएका कारण माटोले पुरिने गरेको वारिपरीको झार जंगलले छोपिन गई कवाडीले पनि लैजान नमान्ने अवस्थामा पुगेको पाइएको छ । समयमै त्यस्ता सवारीसाधनका विषयले निकास नपाउँदा राजस्वमा असर पुग्दै आएको बताईएको छ । बर्षादमा पानीमा भिजेर दर्जनौ सवारी साधन नष्ट भएका छन ।सुरक्षित स्थानमा राख्ने गोदाम नहुदा घामपानीले सवारी साधन कवाडी हुँदै गएको बताइएको छ । जिल्लाका विभिन्न स्थान बाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले बरामद गरेको सवारी साधन अलपत्र जस्तै बनेका छन् ।
जफत गरिएका सवारीसाधन लिलाम गर्नुपर्ने हुन्छ । सवारीसाधन थोत्रिँदा त्यसको लिलामीका लागि मूल्यांकन पनि घट्दै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.