मास्क नलगाउनेलाई दुई हजार जरीवाना

काठमाडौं । भारतको दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरीवाना गरिने बताएको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताए । सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा ठूलो कमी आउन सक्ने उनको भनाइ छ ।

केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गरे । उनले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाएका थिए । केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार भएको जानकारी दिए ।

साथै दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन पनि रोक लगाएको छ । केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गरे । दिल्लीमा अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ । बुधबार मात्र दिल्लीमा सात हजार ४८६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै दिल्लीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ । त्यस्तै बुधबार मात्र दिल्लीमा कोरोनाबाट १३१ जनाको मृत्यु भएको थियो । दिल्लीमा एकैदिन कोरोनाबाट मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.