Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रियअमेरिकामा संक्रमितको संख्या एक करोड ५० लाख नजिक

अमेरिकामा संक्रमितको संख्या एक करोड ५० लाख नजिक

काँकरभिट्टा, २१ मंसिर । कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमितको संख्या एक करोड ५० लाख नजिक पुगेको छ ।

आफूलाई विश्वकै शक्तिशाली दाबी गर्ने अमेरिकामा दिन प्रतिदिन संक्रमण तीव्र रुपमा फैलिएको छ । कोरोनाका कारण दैनिक मृत्यु हुने संख्या पनि अन्य मुलुकको भन्दा धेरै छ । पछिल्लो २४ घण्टामा एक लाख ९८ हजार चार सय ५३ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या एक करोड ४९ लाख ७३ हजार ४४ पुगेको छ ।

अमेरिकामा कोरोनाका कारण हालसम्म दुई लाख ८७ हजार सात सय ८५ जनाको मृत्यु भइसकेको छ । एकै दिन दुई हजार दुई सय १० जनाको ज्यान गयो । एकै दिन मृत्यु भएका संक्रमितको संख्या पनि अन्य मुलुकको तुलनामा धेरै हो ।

संक्रमितमध्ये ८७ लाख ७३ हजार आठ सय ६४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । ५९ लाख ११ हजार तीन सय ९५ जनाको उपचार जारी रहेकोमा २६ हजार एक सय ६६ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ४४ हजार पाँच सय २९ पुगेको छ । एकै दिन ३६ हजार एक सय ११ जना नयाँ बिरामी थपिए । पछिल्लो २४ घण्टामा चार सय ८० जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ४० हजार दुई सय १६ पुगेको छ ।

संक्रमितमध्ये ९० लाख ९९ हजार नौ सय ४६ जना उपचारपछि डिस्चार्ज भएका छन् । चार लाख चार हजार तीन सय ६७ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ६५ लाख ७७ हजार एक सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय २६ जना नयाँ बिरामी थपिए । एकै दिन छ सय ६० जनाको मृत्यु भएपछि ज्यान गुमाउने संक्रमितको संख्या एक लाख ७६ हजार छ सय ४१ पुगेको छ ।

संक्रमितमध्ये ५७ लाख ६१ हजार तीन सय ६३ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त बनेका छन् । छ लाख ३९ हजार एक सय ७३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुने मुलुकमध्ये विश्वमै तेस्रो नम्बरमा छ ।

विश्वमा कोरोना संक्रमितको संख्या छ करोड ६८ लाख १९ हजार एक सय २५ पुगेको छ । छ लाख पाँच हजार तीन सय ५१ नयाँ संक्रमित पछिल्लो २४ घण्टाभित्र थपिएका छन् । एकै दिन १० हजार नौ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या १५ लाख ३३ हजार छ सय ५५ पुगेको छ ।

विश्वमा संक्रमितमध्ये चार करोड ६२ लाख ११ हजार एक सय ४७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । एक करोड ९० लाख ७४ हजार तीन सय २३ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये एक लाख पाँच हजार नौ सय २५ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु