प्रदेश १ मा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको  मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा एकै दिन यतिको धेरै संख्यामा संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि २४ घण्टामा  १८ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार   ९ जना महिला र १२ पुरुषको मृत्यु भएको हो ।  मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ । उनीहरुको विराटनगर, धरान र झापाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कोरानाको दोश्रो लहर चलेसँगै प्रदेश १ मा १ सय ४३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.