मेचीनगर, ३१ जेठ: झापाली समाज दक्षिण काेरियाले साेमवार मेचीनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे छ । काेभिड १९ संक्रमण नियन्त्रण र राेकथामकालागि उल्लखिय काम गर्दै आएकाे मेचीनगरलाई स्वास्थ्य सामाग्रीकाे अभाव नहाेस भन्ने उद्धेश्यले सहयाेग स्वरूप ती सामान उपलब्ध गराएकाे समाजले जनाएकाे छ । समाजले उपलब्ध गराएकाे १ हजार ३ सय ५० थान सर्जिकल मास्क,७ थान पीपीई सेट,५० थान फेस शिल्ड र ४ वटा सेनिटाईजर नगरप्रमुख विमल आचार्य र मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले ग्रहण गर्नुभएकाे थियाे । नगरपालिका परिसरमा आयाेजित संक्षिप्त कार्यक्रममा बाेल्दै नगरप्रमुख आचार्यले यस्ताे संकटका बखत समाजले नगरवासीकालागि स्वास्थ्य सामाग्री उपलब्ध गराएकाेमा समाजप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयाे ।


























