हरिद्वारको कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी भक्तजनमा कोरोना संक्रमण

A notice in Nepali from Mechinagar Ward No. 10

कुम्भमेलाका लागि ठूलो संख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले बताएका छन् । दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन्।

भारतमा दैनिक कोरोना भाइरस संक्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो संख्यामा मानिसहरू भेला भएका हुन्। भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि अहिलेसम्मकै सर्वाधिक दैनिक संक्रमण पुष्टि भएको छ ।

बिहीवार बिहान भारत सरकारले २४ घण्टाको अवधिमा २,००,७३९ कोभिड देखिएको तथ्यांक सार्वजनिक गरेको छ । सो अवधिमा १,०३८ संक्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला आयोजना गर्न दिइएको भन्दै सरकारको आलोचना भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार बुधवार दिउँसोसम्म नौ लाख श्रद्धालुले गङ्गास्नान गरिसकेका थिए। बुधवार यसपालिको सबैभन्दा राम्रो मुहूर्त भएको मानिएको थियो।

हिन्दूहरू गङ्गा नदीलाई पवित्र मान्छन् र त्यसमा डुबुल्की मारेर स्नान गर्दा पाप नष्ट हुने र पुण्य प्राप्त हुने मान्यता राख्छन्। गङ्गाको तटमा ठूलो भिड जम्मा भएकाले सुरक्षा मापदण्ड पालन गराउन समस्या भएको प्रहरी अधिकारीहरूले बताएका छन्। उक्त मेलामा कोभिड-१९ को परीक्षणको नेतृत्व गरेका अधिकारीहरूले बताएअनुसार त्यस क्षेत्रबाट मङ्गलवार २०,००० हजार नमुना परीक्षण गरिएकोमा ११० जनामा संक्रमण देखिएको थियो। सोमवार १८४ जना भक्तजनमा संक्रमण देखिएको थियो।

बिहीवार बिहानसम्म झन्डै १ हजार ३०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।
चौधवटा हिन्दू समूहहरूको सङ्घका अध्यक्ष नरेन्द्र गिरी पनि संक्रमित भएका छन्। उनी अखिल भारतीय आयुर्वेदिक संस्थान हरिद्वारमा भर्ना भएका छन्।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव पनि संक्रमित भएका छन्। उनले आइतवार मात्र हरिद्वार भ्रमण गरेका थिए र गिरीसहित वरिष्ठ सन्तहरूलाई भेटेका थिए। उक्त मेलामा भ्रमण नगरेका भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि संक्रमित भएका छन्।उ त्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले आफूहरूले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालन गरिरहेको र संक्रमित निको हुने दर राम्रो रहेको बताए।

सरकारले पहिले परीक्षणबाट कोरोनाभाइरस सङ्क्रमण नभएको पुष्टि भएका व्यक्तिलाई मात्र उक्त मेलामा सहभागी हुन दिने बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.