न्युज डेक्स,मेचीनगर । ब्राजिलका महान् फुटबलर रोनाल्डो नाजारियोले(R9) आज राति १२:४५ बजे हुने फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जित्ने भविष्यवाणी गरेका छन्।
इएसपीएन ब्राजिलसँग कुरा गर्दै उनले स्पेनको बलमाथिको उत्कृष्ट नियन्त्रण निर्णायक हुने बताउँदै, यदि स्पेनले सुरुआती अग्रता बनाए अर्जेन्टिनालाई पुनरागमन गर्न कठिन हुने दाबी गरे। रोनाल्डोले प्रतियोगिताको सुरुदेखि नै स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दाबेदार मानेका थिए।


























