झापामा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोेना जितेका छन् ।

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, ८ जेठ ÷ झापामा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोेना जितेका छन् । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २ सय ३४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ८१ महिलासहित २ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यसैगरी ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर–७ का ५५ वर्षीय पुरुष, गौरादह–४ का ३० वर्षीय पुरुष, हल्दीबारी–१ का २९ वर्षीय पुरुष र बुद्वशान्ति–१ का ६९ वर्षीय पुरुष, दमक–९ का ६३ वर्षीय पुरुष र कनकाई–८ का ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो ।
दमकमा ३४ महिलासहित ८७ जना, बिर्तामोडमा ११ महिलासहित ३४ जना, गौरादहमा २ महिलासहित ५ जना, मेचीनगरमा २ महिलासहित १२ जना, भद्रपुरमा ९ महिलासहित २४ जना, कनकाईमा ८ महिलासहित १५ जना, हल्दीबारीमा ३ महिलासहित ७ जना, अर्जुनधारामा ४ महिलासहित १२ जना, बुद्वशान्तिमा १ महिलासहित ४ जना, गौरीगञ्जमा २ महिलासहित ४ जना, कमलमा २ महिलासहित ३ जना, शिवसताक्षीमा २ महिलासहित ४ जना र बाह्दशीमा १ महिलासहित ४ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताउनुभयो ।
यो सँगै झापामा संक्रमितको संख्या ९ हजार १ सय ३४, डिस्चार्ज ५ हजार २ सय १८, आइसोलेसनमा ३ हजार ७ सय २३ जना, कुल संक्रमित एन्टिजेन ५ सय २ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २० सय १ जना र शनिबार निको भएर घर फर्कनेको संख्या १ सय ९ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.