१२ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

जागृत बाल उद्धार केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्नुपर्नेमा जोड

सेयर:

१५ असार, मेचीनगर, : अनाथ बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएको मेचीनगरको जागृत बाल उद्धार केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

असार १५ को अवसरमा मंगलबार संस्थाको कार्यालय मेचीनगर–७ मा स्थानीय सरकार तथा सामाजिक संघ संस्थाका अगुवाहरुसँग गरिएको छलफलका क्रममा सहभागीहरुले जोड दिएका हुन् ।

संस्थाका अध्यक्ष बीना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जागृत बाल उद्धार केन्द्र सञ्चालन गर्न दिगो आयस्रोत नभएकाले आश्रित बालबालिकाको भविष्य अन्धरकार हुनसक्ने भन्दैं सहभागी सवैले चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेतीले निःस्वार्थ सेवा भावले सञ्चालित यस खाले संस्थाको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताउनुभयो । उहाँले जागृत बाल उद्धार केन्द्रलाई सहयोग गर्न नगरपालिका तयार रहेको स्पष्ट पादैं बताइन् । यद्यपि प्रक्रिया पुराएर कानुन सम्मत रुपमा आउनु पर्ने धारणा राख्न्ुभयो ।

एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले नसक्नेलाई सक्नेले सहयोग गरेर समुन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मेचीनगर वडा नं. ६ का वडाध्यक्ष ललित तामाङ, त्रिवेणी टोलका कुमार गुरुङ, सुनगाभा टोलकी भावना ढुंगेल लगायतले विचार राख्नुभएको थियो ।

विकास देवकोटाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष बालकृष्ण थापाले सबैको सहयोग र सद्भावबाट मात्रै संस्था सञ्चालन सम्भव हुने बताउनुभयो ।

सोही अवसरमा काँकरभिट्टाका स्थानीय युवा विकास घिमिरेले संस्थालाई ५ हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभयो । सहयोगको भरमा चल्दै आएको जागृत बाल उद्धार केन्द्रमा हाल १७ जना बालबालिका आश्रित छन् । उनीहरुलाई खानबस्नसहित शिक्षाको प्रबन्ध मिलाइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।