स्तरीय शिक्षाको लागि काँकरभिट्टा मा.विमा कक्षा ११ मा आकर्षण बढ्दै:

मेचीनगर डेस्क | कोरोना भाइरसको विषम परिस्थितिमा पनि सावधानी अपनाएर मेचीनगर –६ काँकरभिट्टास्थित काँकरभिट्टा उच्च माध्यमिक विद्यालयले कक्षा -११ मा धमाधम भर्ना शुरु गरेको छ।देशभरिका उच्च माध्यमिक विद्यालयहरुले भर्ना शुरु गरेपछि आफूहरुले पनि भर्ना लिन शुरु गरेको काँकरभिट्टा मा.विका एकाउटेण्ट भगिरथ राईले जानकारी दिए ।

अनलाइन र सामाजिक सञ्जालमा भर्ना खुलेको जानकारी पाएपछि भर्ना गर्न विद्यार्थीका धेरै अभिभावकहरु स्फूर्त रुपमा विद्यालय आएका र कम्प्युटरका सिटहरु समेत सिमित रहेको राईले बताए। यस विद्यालयलले शैक्षिक क्षेत्रमा लामो समयदेखि गुणस्तरीय शिक्षा दिदै आएको कारण बाहुनडाँगी,ज्यामिर गढी,हल्दीबारी भारतको पानी टङ्की,बतासी लगायतका ठाँउबाट कक्षा ११/१२ मा अध्ययन गर्ने विद्यार्थीको रोजाइमा यो विद्यालय रहदै आएको छ।

वि.सं २०२४ सालमा स्थापित काँकरभिट्टा माध्यमिक विद्यालयले २०५५ सालदेखि कक्षा ११/१२ सञ्चालनमा ल्याएको थियो।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.