नौमहिनामा ७० जनाको मृत्यु, ४५ हजार बढी सवारी सानध कारवाहीमा तीन करोड बढी राजस्व संकलन

२२ बैशाख, मेचीनगर  : झापामा वितेको नौमहिनामा भएका सवारी दुर्घटनामा परी मृत्यु हुने पुरुषको संख्या बढी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि चैतमहिनासम्म भएका सवारी दुर्घटनामा परेर सो अवधिमा नौ सय ६६ वटा सवारी दुर्घटनाहुँदा ५३ पुरुष, १२ महिला र पाँच बालबालिकाको मृत्यु भएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

दुर्घटनामा परी एक सय १७ जना गम्भीर तथा एक हजार ४ सय २७ जना सामान्य घाइते भएका छन् । त्यस अवधिमा एक हजार ४ सय १३ सवारीसाधन दुर्घटना भएका कार्यालयको अभिलेखमा उल्लेख छ । सबैभन्दा धेरै ८ सय ७६ मोटरसाइकल, १ सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, ७ टिपर, दुई÷दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका कार्यालय प्रमुख पौडेलले बताए ।

कार्यालय प्रमुख पौडेलले त्यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ४५ हजार ५ सय ९४ सवारीसाधन कारबाहीमा परेका थिए । सो वापत कार्यालयले ३ करोड ४ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको भएको छ ।दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारीचालकलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । नौ महिनामा चार हजार १ सय ३४ पटक जनचेतनामूलक कार्यक्रम हुँदा एक लाख ६५ हजार २ सय ४९ जना मानिस लाभान्वित भएका कार्यालयले जनाएको छ ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.