विराटनगरमा अत्यधिक गर्मीका कारण सामुदायिक विद्यालयहरू तीन दिनका लागि बन्द, तराईका जिल्लाहरूमा जनजीवन प्रभावित

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर, जेठ २९: केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विराटनगर महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयहरू तीन दिनका लागि बन्द गराएको छ। विद्यार्थीहरूको दैनिक पठनपाठन प्रभावित भएको र स्वास्थ्यमा समेत असर पुग्ने जोखिम बढेको भन्दै विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रबारसम्मका लागि सबै सामुदायिक विद्यालय बन्द गराउने निर्णय गरेको हो।

विराटनगर महानगर शिक्षा शाखाका प्रमुख रामप्रसाद ढुंगेलले पानी परेर पठनपाठनका लागि अनुकूल अवस्था सिर्जना भए मात्र विद्यालयहरू पहिलेझैँ दैनिक रूपमा सञ्चालन हुने बताए।

तराईका अन्य पालिकाहरूमा पनि विद्यालय बन्द:
विराटनगरमात्र नभई, केही दिनदेखिको अत्यधिक गर्मीले गर्दा झापा, सुनसरी र मोरङका अन्य पालिकाहरूले पनि धमाधम विद्यालय बन्द गराउन थालेका छन्। सुनसरीको इटहरी, इनरुवासहित झापा, मोरङ र सुनसरीको दक्षिण क्षेत्रका पालिकाहरूले गर्मीका कारण पठनपाठन असहज भएको भन्दै विद्यालय बन्द गराउन थालेका छन्। यसले समग्र कोशी प्रदेशको तराई क्षेत्रमा गर्मीको प्रभाव व्यापक रहेको देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.