सात सदस्यीय नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टा मेचीनगर समिति गठन गदैं अंग्रेजी शिक्षकहरुको सम्मेलन तथा कार्यशाला आइतबार सम्पन्न

८ असार, मेचीनगर : सात सदस्यीय नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टा मेचीनगर समिति गठन गदैं दुई दिवशिय मेचीनगर स्तरीय अंग्रेजी शिक्षकहरुको प्रथम नगर सम्मेलन तथा कार्यशाला आइतबार सम्पन्न भएको छ ।

नेपाल अंग्रेजी भाषा शिक्षक एशोसिएशन नेल्टा झापा र मेचीनगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको संयुक्त आयोजनामा झापाको मेचीनगर १० धुलावारीस्थित इष्ट होराइजन अंग्रेजी माविको सभाहलमा शनिबार मेचीनगर स्तरीय अंग्रेजी भाषा शिक्षकहरूको दुई दिने सम्मेलन तथा कार्यशाला प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले व्यानर वाचन गरेर विविधत उद्घाटन गरेकी थिईन् । उपप्रमुख मिना पोख्रेलउप्रेतीले अंग्रेजी भाषा सबैका लागि अपरिहार्य बन्दै गएको बताउँदैं गुणस्तरीय अंग्रेजी भाषा शिक्षणका लागि गुणस्तरीय शिक्षकको उत्पादनमा जोड दिनुपर्ने र नगरपालिकाले उक्त कार्यको लागि प्राथमिकताका साथ काम गर्ने उनले बताईन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेचीनगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले अंग्रेजी शिक्षकहरूको पहिलो र ऐतिहासिक सम्मेलन आफ्नै नगरमा गरेर शिक्षकहरुलाई दक्ष र क्रियाशील बनाउन लागि परेको बताए । कार्यक्रममा नेल्टाका कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई ‘मामा’, नेपाल शिक्षक संघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद भण्डारी, प्रधानाध्यापक विश्व थापा, एन प्याब्सनका केन्द्रीय सचिव सन्दिप राईलगायतले बोलेका थिए ।

सम्मेलनमा नेल्टाका कोशी प्रदेश अध्यक्ष गुणराज नेपालले कि नोट स्पिच र रुद्रबहादुर थापाले प्लेनरी प्रस्तुत गरेका थिए । यसैगरी मेचीनगरको शिक्षा वर्तमान अवस्था चुनौती र अवसर विषयक प्यानल डिस्कसन गरिएको थियो। उक्त छलफलमा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी वरिष्ठ प्रधान अध्यापक कृष्ण पुरी संस्थागत विद्यालयहरूको तर्फबाट सन्दीप राई र नेल्टाको तर्फबाट धर्मेन्द्र भट्टराईले छलफलमा भाग लिएका थिए ।

सम्मेलनको दोस्रो दिन सातवटा फरक फरक विषयवस्तुहरू माथि कार्यशाला सञ्चालन गरिएको थियो। कार्यशालालाई सहजकर्ताहरू टीका प्रसाद सुवेदी, केशव उप्रेती, पुण्यमाता खतिवडा, धर्मेन्द्र भट्टराई र विकास ग्वालले सहजीकरण गरेका थिए ।

सम्मेलन मा १५० भन्दा बढी अंग्रेजी शिक्षकहरू सहभागी भएका थिए । कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधान अध्यापक तथा प्रिन्सिपलहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले यस किसिमको सम्मेलनले शिक्षकहरूलाई पुनःर्ताजगी गराउनुका साथै शिक्षा क्षेत्रमा भइरहेका नयाँ आयामहरूको जानकारी तथा नयाँ नयाँ सीपहरु सिक्ने अवसर प्रदान गरेको बताए ।

उनीहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने समेत माग गरेका छन ्। सोही सम्मेलनले मेचीनगर स्तरीय अंग्रेजी भाषा शिक्षकहरूको सात सदस्य समिति समेत गठन गरेको हो । अब सदस्यबाट अध्यक्ष चयन गरिने छ । नेल्टा झापाले विभिन्न पालिकाहरूमा अंग्रेजी शिक्षकहरूको सम्मेलन मार्फत अंग्रेजी शिक्षकहरूलाई दक्ष प्रविधियुक्त र नयाँ आयामहरूको खोजीमा प्रेरित गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.