‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका मोहन काजी न्यौपानेलाई

४ साउन, मेचीनगर :  यसवर्षको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका मोहन काजी न्यौपानेलाई प्रदान गरिएको छ । पत्रकारिता र उपभोक्ता अधिकार संरक्षणमा योगदान पुर्याए वापत लोकतन्त्र पोस्टका प्रधान सम्पादक न्यौपानेलाई पुरस्कारवापत नगद रु. १५ हजार र सम्मानपत्र प्रदान गरिएको हो ।

साहित्य वा पत्रकारिता वा अभियानको माध्यमबाट उपभोक्ता अधिकारको क्षेत्रको योगदान पुर्याउने एक जनालाई पुरस्कृत गर्ने गरी उपभोक्ता जागरण अभियान नेपालका संस्थापक कृष्णप्रसाद भण्डारी मार्सेलीले वि.सं. २०८१ मा उक्त पुरस्कारको स्थापना गरेका हुन् ।

पुरस्कारका संस्थापक मार्सेलीले वर्षेनी पुरस्कार वितरणका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा रु दुई लाख ५० हजारको अक्षयकोष राखेका छन् । पुरस्कार संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदान गर्दछ । स्थापनापछिको पहिलो पुरस्कार पत्रकार काजीलाई शनिबार प्रदान गरिएको हो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. मोरङले शनिवार विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित एक समारोहबीच पत्रकार काजीलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा मन्तब्य व्यक्त गर्दै संस्थापक मार्सेलीले तीन दशकदेखि पत्रकारिताको माध्यमबाट निष्ठापूर्वक सामाजिक सेवा गरिरहनु भएका काजीले उपभोक्ताको संबैधानिक अधिकार संरक्षणका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको चर्चा गरेका थिए ।

उहाँले उपभोक्ता जागरणका लागि प्रोत्साहित गर्ने उद्देश्यले आफुले अक्षयकोष र पुरस्कार स्थापना गरेको उल्लेख गर्दै यस क्षेत्रमा स्थापित यो पहिलो पुरस्कार भएको बताए ।

सोही अवसरमा कोशी प्रदेशको सहकारी रजिस्टारको जिम्मेवारीबाट भर्खरै निवृत्त हुनुभएको हरिबहादुर खत्रीलाई समेत सहकारी संस्थाको तर्फबाट सम्मान गरिएको थियो ।

नेपाल सहकारी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेले गरेका थिए । प्रमुख अतिथि पोखरेल, विशेष अतिति मार्सेली, सम्मानित व्यक्तिहरु मोहन काजी र हरिबहादुर खत्रीले कार्यक्रममा मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य काशीराज अधिकारी, उपभोक्ता जागरण अभियान मोरङका अध्यक्ष श्यामकृष्ण कार्की, अग्रज पत्रकार यज्ञ शर्मा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा सहकारीको गतिविधि, प्रगति र भावी योजना बारेमा अध्यक्ष काफ्लेले विस्तृत चर्चा गरे ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.