लेखनवृत्ति कान्तिपुरकर्मी रमा दाहाललाई

A notice in Nepali from Mechinagar Ward No. 10

२७ चैत, मेचीनगरः प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ ।

प्रेस चौतारी नेपाल झापाको आज बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो । गत साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनाएको थियो । समितिको सदस्यमा फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य रहेका थिए । सो छनौट समितिले गरेको सिफारिसलाई जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।

जिल्लामा पछिल्लो छ महिनामा प्रकाशित तथा प्रशारित समाचारहरु संकलन गरेर लेखनवृत्तिका लागि छनौट समितिले उत्कृष्ट समाचार लेख्ने पत्रकारको नाम जिल्लालाई सिफारिस गरेको थियो । ‘दर्जनौं उत्कृष्ट समाचारहरुमध्येबाट पत्रकार दाहाललाई छनौट गरिएको छ,’ अध्यक्ष परियारले भने – ‘पत्रकार दाहालले बाह्रदशी गाउँपालिकामा मुस्लिम, मधेशी समुदायका महिलाहरुको न्यायमा पहुँच नपुगेको विषयलाई प्राथमिकता दिएर उठान गर्नुभएको समाचारलाई छनौट गरेका छौं ।’


प्रेस चौतारी झापाले हरेक छ÷छ महिनामा उत्कृष्ट समाचारका आधारमा संस्थापक अध्यक्षको नाममा स्थापित लेखनवृत्ति दिने निर्णय थियो । सो निर्णयका आधारमा दाहाललाई लेखनवृत्ति प्रदान गर्न लागिएको चौतारीका झापा सचिव आचार्यले जानकारी दिए ।

लेखनवृत्ति साउन ३० गते आयोजना गरिने कार्यक्रममा प्रदान गरिने बताइएको छ । सो अवसरमा नारी सञ्चार गृह झापामा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन र तीज मिलन कार्यक्रम सम्पन्न गरिने प्रेस चौतारी झापाले जनाएको छ । यसअघिकै बैठकले लेखनवृत्तिलाई व्यवस्थित गर्न केन्द्रीय सदस्य सावित्रा दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल र पत्रकार महासंघ कोशी उपाध्यक्ष अम्बिका भण्डारीलाई कार्यविधि बनाउन जिम्मेवारी दिएको थियो ।

बैठकले बुधबार दमकस्थित सर्वोदय माविमा सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको उपाध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.