इनिशा विकको हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गदैं सुदूरपुर्वमा प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

२ चैत, मेचीनगर :  सुर्खेत वीरेन्द्रनगर–१ की १६ वर्षीया बलात्कारपछि ‘हत्या गरिएकी’ इनिशा विकको हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै सुदूरपुर्व झापामा प्रदर्शन गरिएको छ ।
सोमबार प्रगतिशील युवा क्लब मेचीनगर —१० धुलावारीको अगुवाईमा मेचीनगरका विभिन्न संघ संस्थाहरुको सहभागितामा घटनाको विरुद्धमा मेचीनगर—६ काँकरभिट्टामा खबरदारी सभा भएको हो । प्रदर्शनमा उत्रिएकाहरूले इनिशालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर, जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ, सुरक्षित सडक सुरक्षित समाज, बलात्कार विरुद्ध कडा कानून र कडा कार्यान्वयन, नारीलाई डर होइन सम्मान चाहिन्छ, नारीको सम्मान हाम्रो पहिचान, बलात्कार विरुद्ध अब मौन होइन प्रतिरोध,बलात्कारको विरुद्धआजको खबरदारी, भोलीको सुरक्षित समाज, न्याय ढिलो हुन सक्छ, तर, मौनता अपराध हो, मौनता तोडौ अन्यायको विरुद्ध उभिऔं न्यायका लागि खबरदारी लगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए ।

लक्ष्मीनारायण मन्दिर परिसरबाट विभिन्न संघ संस्थाले आफ्नो पहिचान झल्किने व्यानरसहित शुरुको मौन र्यालीले काँकरभिट्टा बजारको परिक्रमा गरेको थियो । बाहुनडाँगी रोड, गुरास पथ, काँकरभिट्टा बस पार्क, पुरानो सुपारी लाईनलगायतको परिक्रमा पछि इलाका प्रहरी कार्यालय अघि भेला भई उनीहरूले सो जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका हुुन् ।

आवश्यक परे कानूनमा संशोधन गरेर भएपनि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भनेर सरकारलाई दवाव दिन आफूहरूले सरकारसँग खबरदारी गर्नुपरेको महिला अधिकारकर्मी राधा प्रधानले बताइन् । उनले यस्ता जघन्य अपराधका घटनाको अनुसन्धानमा जिम्मेवार निकायको ढिलाई प्रति आक्रोश समेत व्यक्त गरिन् ।
खबरदारी सभालाई सम्बोधन गर्दै शिक्षक सुभद्रा भट्टराई अर्यालले फाँसीको सजाय दिने कानून निर्माण गर्न सरकारलाई दवाव दिँदै हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भन्ने कुरामा पनि सरकारलाई सचेत गराईन् । उनले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेकी थिईन् । खबरदारी सभालाई नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, विनय कार्कीलगायतले सम्बोधन गदैं घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाहीको माग गरेका थिए ।
लायन्स क्लब काँकरभिट्टा, रोटरी क्लब अफ काँकरभिट्टा, महिला जनचेतना केन्द्र, काँकरभिट्टा, मेचीनगर लेडी जेसीजसहित थुप्रै संघ संस्थाहरुले प्रदर्शनमा सहभागिता जनाएका थिए ।

इनिशाको सुर्खेतको वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा गएको शनिबार शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एनिशाको बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ ।
एनिशाको बलात्कार र हत्यामा संलग्न भएको आशंकामा प्रहरीले वीरेन्द्रनगर–९ लाटिकोइलीका एक किशोरसहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने एक किशोर र एनिशा एउटै विद्यालयमा अध्ययनरत रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.