नगरपालिका भन्छ -सहिदमार्ग अब शुरु हुन्छ , व्यवसायी भन्छन -पहिला शुरु होस अनि पत्याउँला ’

A notice in Nepali from Mechinagar Ward No. 10

३ चैत, मेचीनगर :  मेचीनगर नगरपालिका-१० धुलाबारीमोडबाट बजार क्षेत्र हुँदै मेचीनगर-९ को खुट्टीडाँगीको थोप्लेबिरान सामुदायिक वनको कार्यालयसम्म निर्माण शुरु गरिएको सहिदमार्ग ‐मेचीनगरको गौरवको आयोजना) निर्माणमा भएको ढिलाईप्रति बजार क्षेत्रका उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गर्दै तत्काल निर्माण कार्य शुरु नगरे आन्दोलन गर्ने चेतावनी दिए लगत्तै मेचीनगर नगरपालिकाले उद्योगी व्यवसायीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघ मेचीनगरसँग छलफल गरेको छ ।
निर्माण व्यवसायीले मेचीनगर नगरपालिकाले समयमै साइड खाली नगरेको तथा काम वापतको रकम भुक्तानी नदिएको भन्दै काम रोकेपछि त्यसको मारमा उद्योगी व्यवसायी परेका थिए । मार्गको निर्माण कार्य ढिलाई भएका कारण स्थानीय व्यवसायीहरुले निक्कै ठूलो सास्ती व्यहोर्नुपरेको भन्दैं अब पनि तत्काल निर्माण शुरु नगरे व्यवसायीहरु सडक आन्दोलनमा उत्रिने भन्ने समाचार छापा तथा इलेक्ट्रोनिक्स सञ्चार माध्यममा प्रकाशित भएको थियो ।
धुलावारी बजारको अवस्था खस्किदै गएको छ । त्यसको मुख्यः कारण हो जनप्रतिनिधिको लापरवाही बर्षदेखि बजारको सडक अपलत्र पारेर व्यपारीको हरिबिजोग बनाएर राखेको छ । समयमा सडक बनाउँन सक्दैनौं भने भत्काएको किन ? ’ स्थानीय व्यवसायी राजु पोद्धारले उनको सामाजिक सञ्चालमा स्टाटस लेखेका छन् ।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा समेत निर्माण कार्य ढिलाईको विरोध हुन थालेपछि सोमबार मेचीनगर नगरपालिकाले मेची उद्योग बाणिज्य संघका प्रतिनिधि मण्डलसँग यस विषयमा कुराकानी गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री -कपिल) को नेतृत्वमा नगरपालिका पुगेको संघको प्रतिनिधि मण्डललाई मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अब तत्कालै सडकको निर्माण शुरु गर्ने आश्वसन दिएको वरिष्ठ उपाध्यक्ष क्षेत्रीले बताए ।
नगरप्रमुख बुढाथोकीले निर्माण व्यवसायीलाई नगरपालिकाले चाँडै केहि रकम भुक्तानी गरेर करिव दुई महिनाभित्र सडक निर्माणको काम सक्ने व्यवसायीलाई आश्वसन दिएको प्रतिनिधि मण्डलले बताएको छ ।
…हामीले निर्माण व्यवसायीलाई केही रकम दिनुछ ’ नगर प्रमुख बुढाथोकीको भनाई उद्धृत गदैं वरिष्ठ उपाध्यक्ष क्षेत्रीले मेरो मेचीनगरसँग भने, …हामीले दिएको रकम निर्माण व्यवसायीले अन्य साइडमा लगानी गरे समस्या पो आउला की । ’ निर्माण व्यवसायीतर्फका इञ्जिनियर सरोज साहले मेचीनगर नगरपालिकाले काम वापतको रकम भुक्तानी नगरेका कारण काममा ढिलासुस्ती भएको, निर्माण व्यवसायीले काम गरे वापतको पौने तीन करोड रुपैयाँको बील भपाई नगरपालिकामा पेश गरेको र नगरपालिका रकम भुक्तानीका लागि आलटाल गरीरहेको यसअछि नै बताएका थिए ।
सडकको निर्माण कार्य तत्काल शुरु गर्ने भनेर नगरपालिकाले संघका प्रतिनिधिहरुलाई दिएको आश्वसन सत प्रतिशत विश्वास गर्ने आधार नभएको संघले जनाएको छ । …बाटो त बन्ला तर, समय लाग्ला ’ वरिष्ठ उपाध्यक्ष क्षेत्रीले भने , नगरप्रमुख ज्यूले भनेकै समयबाट पुनः निर्माण कार्य शुरु भएर दुईमहिनामा सकिने कुरामा हामीलाई शंका नै छ । ’ नगरका उद्योगी व्यवसायीहरु आफ्ना समस्या लिएर नगरपालिका जाँदा नगर नेतृत्व गम्भीर नबनेको,आफुहरुले बुझाएका माग पत्र, अनुरोध पत्र, ज्ञापन पत्रहरुप्रति नगरपालिकाले खासै चासो नदिएको आरोप व्यवसायीहरुले लगाउँदै आएका छन् । त्यसकारण पनि नगरपालिकाले दिएको आश्वसनप्रति व्यवसायीले शंका गरेको भनाई छ ।
संघका वरिष्ठ उपाध्यक्ष क्षेत्रीसहित उद्योग उपाध्यक्ष भूमि पौडेल, कार्यसमिति सदस्य श्यामप्रसाद न्यौपाने, व्यवसायीहरु तनुज मारु, सागर राजवंशी, संघका कार्यकारी निर्देशक गोपाल बस्नेतलगायतको टोली नगरपालिका पुगेको थियो । वर्खायामका बखत सडकमा झन सास्ती हुने भएकाले यो समस्याको समाधानका लागि प्रतिनिधि मण्डलले नगरप्रमुख समक्ष आग्रह गरेको छ ।
सात प्रदेशका ३३ वटा स्थानीय तहमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाÚ सञ्चालन गर्ने नेपाल सरकारको निर्णय अनुसार उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर -करिब दुई खर्ब) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।
उक्त परियोजनाअन्तर्गत झापा निर्वाचन क्षेत्र नं १ को मेचीनगरमा दुईवटा सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर -एक अर्ब बढी) ऋण उपलब्ध गराएको थियो । मेचीनगरको दुई महत्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकरभिट्टाको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको रु एक अर्ब तीन करोड ऋण लगानी छ ।
सहिदमार्ग अन्तर्गत धुलाबारी मोडदेखि बजार क्षेत्र हुँदै खुट्टिडाँगीको थोप्लेबिरान सामुदायिक बनको कार्यालयसम्म ५ दशमलव ३ किलोमिटर कालोपत्रे निर्माण हुनेछ । उक्त सडकको चौडाई १२ मिटर, ड्रेन र डबल लेन रहने छ । यसलाई नगरपालिकाको गौरवको योजनाका रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.