शुक्रबार १ बजेपछि संस्थागत विद्यालय विदा नगरिए बहिस्कार गरेर विद्यालय छोड्ने: इस्टु,भद्रपुर

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले प्याब्सन एनप्याब्सनको नाममा शुक्रवार ४ बजेसम्म संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णको प्रतिवाद गर्ने भएको छ ।

नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार राज्यको नियम विपरित शुक्रवार १ वजेपछि संस्थागत विद्यालय विदा नगरिए बहिस्कार गरेर विद्यालय छोड्ने निर्णय गरिएको हो । राज्यको नीति नियमभन्दा शक्तिशाली निकाय बन्न खोज्दै प्याब्सन एनप्याब्सनको आडमा आगामी दिनमा यस्ता गतिविधि संस्थागत विद्यालयहरूले बढाउँदै लगे कानुनी उपचारमा जाने समेत निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ —” विभिन्न बाहना बनाएर संस्थागत विद्यालयहरूले संगठित रूपमा सार्वजनिक विदा अतिक्रमण गर्ने, सरकारले तोकेको पारिश्रमिक नदिने, आधा दिनको विदा मिचेर पूरै दिन काम लगाउने, हरेक वर्ष विद्यार्थीको अध्ययन शुल्क बढाउँदै जाने तर शिक्षक कर्मचारीको पारिश्रमिक बढाउन नमान्ने कार्यको संरक्षण प्यााब्सन एनप्याब्सनले गर्ने गरेको कायैशैलीप्रति आपत्ति प्रकट गर्दछौं भनिएको छ ।”
यस्तै प्याब्सन, एन प्याब्सनसित संस्थागत विद्यालय शिक्षक युनियनले गरेको सहमति विपरित संस्थागत विद्यालयहरूले शिक्षक कर्मचारीमाथि गरिरहेको शोषण अविलम्ब नरोके कडा प्रतिकारमा जाने समेत स्पष्ट पारिएको छ ।
भद्रपुरमा रहेका ३१ वटा संस्थागत विद्यालयहरू मध्ये अधिकाम्स विद्यालयले प्याब्सन एन प्याब्सनको निर्णय भन्दै सार्वजनिक विदा अतिक्रमण गर्ने, तोकिएको न्युनतम पारिश्रमिक नदिने, राज्यको नीति नियम विपरित गतिविधि अगाडि बढाउने काम गरे पनि नियामक रमिते भइरहेको आरोप लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.