२९ साउन, मेचीनगर : तत्कालिन प्रतिनिधि सभा सदस्य राम कार्कीको सक्रियतामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दुरसञ्चार प्राधिकरणको सहकार्यमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर— २ भृकुटीमा रहेको सामूदायिक भानु माध्यमिक विद्यालयलाई २०७७ सालमा करीब २८ लाख खर्च गरेर २४ थान कम्प्युटर जडान भयो । डेक्सटप सेट, व्याट्री, इन्भटरलगायतका सामग्री उपलब्ध भएपछि सञ्चालनमा आएको कम्प्युटर ल्याब दुई वर्षभन्दा बढी चलेन र २०७९ सालमा ल्याब बन्द भयो ।
कारण थियो विद्युत महशुल । कम्प्युटर ल्याब सञ्चालनमा आए पनि मासिकरुपमा विद्युत खर्च बुझाउन विद्यालयलाई कठिनाई भएका कारण ल्याब रहेको कोठाको ढोकामा झुण्डिएको ताला अझैसम्म खुल्न सकेको छैन ।
‘विद्यालयमा कम्प्युटर ल्याब त जडान भयो तर, विद्युत महशुल तिर्न नसक्दा बन्द गर्न बाँध्य छौ,’प्रधानाध्यापक खड्गकुमारी तिम्सिनाले भनिन्,‘विद्युत महशुल कति हो कति ? आम्दानीको स्रोत छैन् विद्यालयलाई थप आर्थिक भार भएपछि ल्याब बन्द छ ।’ विद्यालयमा करीब १८ देखि २२ वटा उच्च गुणस्तरका व्याट्री छन् । अहिले सवै लथालिङ्ग अवस्थामा रहेको प्रधानाध्यापक तिम्सिनाले बताईन् ।

केहीदिन अघि एउटा प्राविधिक टोलीसँग मर्मत तथा सम्भारका लागि प्रविधिक स्टमेट गर्दा विद्यालयले धान्नै नसक्ने खर्च निकालेपछि जडान गर्न नसकिएको उनको भनाई छ । विद्यालयको प्रशासनिक खर्चले अन्य खर्च धान्न सक्ने अवस्था नरहेको विद्यालयले जनाएको छ ।
केही समयअघि शिक्षकहरुबाट रकम संकलन गरेर विद्युत महसुल बापतको बक्यौंता एक लाख २४ हजार तीन ३३ रुपैयाँ बुझाए पनि अब त्यसो गर्ने अवस्था नरहेको प्रधानध्यापक तिम्सिनाले बताईन् ।
नगरका कुनै विद्यालयमा दाताले दिएका लाखौं रुपैयाँका यस्ता सामान लथालिङ्ग अवस्थामा रहिरेका बखत विहीबार झापा मेचीनगरको एउटा प्रतिष्ठानले नगरकै अर्काे सामुदायिक विद्यालयलाई लाखौं रुपैयाँ पर्ने दशथान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।
मेचीनगर —७ मा प्रधान कार्यालय रहेको झनकप्रसाद–खीनमाया कट्टेल समाज कल्याण प्रतिष्ठानले मेचीनगर —८ इटाभट्टामा रहेको आदर्श माध्यमिक विद्यालयलाई अत्याधुनिक दसथान कम्प्युटर सेट हस्तान्तरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष एवम् सोहि विद्यालयका पूर्व विद्यार्थी डम्बरुवल्लभ कट्टेलले आगामी दुई वर्षभित्र २० वटा कम्प्युटर दिने गरी यसवर्ष १० वटा कम्प्युटर हस्तान्तरण गरेको बताए ।
विहीबार विद्यालयमा आयोजित कार्यक्रममा कम्प्युटर ल्याव प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले दाताले विद्यार्थीहरुको उज्ज्वल भविश्यका लागि दिएको सुविधायुक्त कम्प्युटरहरुको सहिरुपमा सदुपयोगको शुभ कामना व्यक्त गरे । पिता झनकप्रसाद कट्टेलको नाममा एक लाखको अक्षयकोष पनि खडा गरिदिएका छन् ।

कार्यक्रममा स्व.झनकप्रसाद कट्टेलकी पत्नी खीनमाया कट्टेललगायत प्रतिष्ठान परिवार, मेचीनगर वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमला, वडा सदस्यहरु, शिक्षक, विद्यार्थी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
आदर्श माविका व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रधानाध्यापक कृष्ण पुरीले र सञ्चालन सहायक प्रधानाध्यापक लम्बोदर पौडेलले गरेका थिए ।




















