१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

१ नम्बर क्षेत्रको मतपरिणाम चारदिनभित्रमा आउने : मतगणनास्थल तयार

सेयर:

३ मंसिर, मेचीनगर : आइतबार भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतगणनाका लागि झापाको निर्वाचन क्षेत्रनम्बर १ मा मतगणनास्थल तयार भएको छ । झापा निर्वाचन क्षेत्र नं १ को मतगणना प्रतिनिधिसभा सदस्य तथा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकामा गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृत टंक महतले जानकारी दिनुभयो । मतगणना स्थलमा तारजाली लगाउनुको साथै सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ । ‘सुरक्षाका लागि मतपेटिका भण्डारण कक्षमा समेत सीसीटीभी क्यामेरा जडान गरेका छौं’ निर्वाचन अधिकृत महतले भन्नुभयो—‘मतगणना गर्ने कोठामा तारजाली पनि लगाएका छौं, ‘मतगणनाका लागि आवश्यक पर्ने पूर्वतयारी भइसकेको छ ।’

मतगणना स्थल तयार पार्नका लागि निर्वाचन अधिकृतको नेतृत्वमा शुक्रबारदेखि नै टोली खटिएको थियो । नगरपालिकाको विभिन्न कोठामा रहेको सामानहरु हटाउने, सरसफाइ गर्ने, सीसीटीभी क्यामेरा जडान गर्ने र तारजाली लगाउने कार्य मतगणना स्थलमा गरिएको छ ।

पहिलो पटक चारवटा मतपेटिका भएकाले मतपेटिका संकलन र साँझ ५ बजेसम्ममा मतदान सम्पन्न नहुने अडकल कार्यालयको छ । ३ वटा कोठा तयार पारेर मत गणना गर्ने गरी तयारी गरिएको छ । अधिकृत महतले दिनुभएको जानकारी अनुसार १ नम्बर क्षेत्रको मतपेटिका राति १२ बजेभित्रमा संकलन हुने र ५ गते विहान सर्वपक्षीय बैठक गरेर प्रतिनिधिसभा सदस्यको मतगणना ८ बजेबाट शुरु गर्ने योजना रहेको छ ।

६ गते अपरान्ह ४ बजेसम्ममा प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्यको मतपरिणाम घोषणा गर्ने योजना निर्वाचन अधिकृतको कार्यालयको छ । प्रतिनिधिसभा सदस्यतर्फ यो क्षेत्रमा १ लाख २० हजार ३ सय ७५ जना मतदाता रहेका छन् । ४५ वटा मतदान स्थल रहेको झापाको क्षेत्रनम्बर १ मा मतदान केन्द्र १ सय ३४ वटा रहेका छन् । यसक्षेत्रबाट १५ जनाउम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाको मतपरिणाम घोषणा गरेर केही समय विश्रामपछि प्रदेशसभा सदस्यको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ र २ ‘ख’ को गणना एकसाथ शुरु गर्ने बताइएको छ । मतगणना शुरु भएको दुईदेखि तीनदिनभित्रमा समेत प्रदेशसभाको दुवैतर्फको परिणाम आउने अधिकृतको महतको भनाई छ । निर्वाचन अधिकृतको कार्यालय झापा जिल्ला प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र नम्बर १ का अनुसार प्रदेशसभा सदस्य २ पदकालागि प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट खडा भएका ६ तथा क्षेत्र नम्बर २ ‘ख’ बाट १० गरी १६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

१ ‘क’ मा २८ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो । १ ‘क’ मा ७१ हजार ९ सय ७७ जनाले मतदान गर्नेछन् । २ ‘ख’ तर्फ मतदान स्थल १७ र मतदान केन्द्र ५४ वटा छन् । २ ‘ख’ तर्फ ४८ हजार ३ सय ९८ जनाले मतदान गर्ने छन् । प्रदेशसभा सदस्यको परिणाम आएपछिमात्र समानुपातिक दुवैको गणना गरिने छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।