दक्षिण भारतीय फिल्म ‘सलार’ मा नेपालकी गायिका मेनुका पौडेलको स्वर

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर।दक्षिण भारतीय फिल्म ‘सलार’ मा नेपालकी गायिका मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ।

बुधबार निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के’ बोलको हिन्दी गीत रिलिज गरेको हो। गीत हम्बले फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्।

गत आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म  ‘सलार’ मा गीत गाएको जानकारी दिएकी थिइन्। सोही गीत आज सार्वजनिक गरिएको हो।

पौडेलले भनेकी थिइन्, ‘म एकदमै उत्साहित छु। किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ। यो ‘सलार’ फिल्मको गीत हो। यो मेरो पहिलो टर्निङ पोइन्ट हो।’

‘इन्डियन आइडल’ को ‘टप १४’ मा पुगेकी  उनलाई उपाधिको दाबेदारको रुपमा लिने गरिएको छ। उनले आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.