झापाको कृष्णथुम्कीमा त्रिदिवशिय धार्मिक कार्यक्रम शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१८ भदौ, मेचीनगर : झापाको मेचीनगर –१ मा अवस्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल कृष्णथुम्कीमा भग्वान श्री कृष्णजन्माष्टमीका अवसरमा त्रिदिवशिय धार्मिक एवम् साँस्कृतिक तथा दोस्रो कृष्ण रथयात्रा कार्यक्रम आजबाट शुरु भएको छ ।

‘कृष्णथुम्की बौद्धगुम्बा साकेला थानको पहिचान बहुजाती, बहुभाषी, बहु साँस्कृतिक परम्पराको सम्मान, सवै जातिसवै भाषी, सवै धर्म संस्कृतिको गर्नुपर्छ सम्मान, यही नै हो नेपालीहरुको पुर्खा देखिको सामाजिक पहिचान’ भन्ने मुख्य श्लोग्नसहित कृष्णथुम्की विकास समिति मेचीनगर-१ ले आयोजना गरेको कार्यक्रम भदौं २० गते सम्पन्न हुने छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण देशका विभिन्न ठाउँमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गदैं घटनामा परी मृत्यु भएकाहरुप्रति भावपुर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदनासहित घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना र वेपत्ता सवैको सकुशल उद्धारको कामनाको लागि हरेक साँझ १०८ दिप प्रज्वलन, २४ घण्टा अखण्ड भागवत पाठ साथै वातावरण शुद्धिका लागि हवनादी एवम् रथयात्राको आयोजना गरिएको छ ।

आजको कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक महेन्द्रराज मल्लले दिप प्रज्वनल गरी उद्घाटन गरेका थिए । उनले उद्घाटन मन्त्यव्यका क्रममा यसक्षेत्रको विगत तथा वर्तमानका बारेमा चर्चा गरेका थिए । आयोजक संस्थाका अध्यक्ष हिम्मत क्षेत्रीले उद्घाटन सत्रको सभापतित्व गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
पहिलो चरणको कार्यक्रममा बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था झापा अध्यक्ष हेमलाल गुरागाईँ, मेची जनसाधरण माध्यमिक विद्यालयका प्रधानध्यापक चन्द्रशेखर गुरागाईँ, कृष्ण आधारभुत विद्यालयका प्रधानध्यापक राजनकुमार गिरी, एस पी निकेतन माध्यमिक विद्यालय मेचीनगर–०१ का प्रिन्सिपल दिपेश खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सचिव कुलप्रसाद सापकोटाले सञ्चालन गरेको उद्घाटन सत्रमा सहभागी सवैलाई सदस्य संगीता आचार्यले शब्दमार्फत स्वागत र बाल विकास आधारभुत विद्यालयका विद्यार्थीहरूले नृत्यबाट स्वागत गरेका थिए ।
दोस्रो चरणको कार्यक्रममा इष्ट होराइजन मावि मेचीनगर–१० धुलावारी, जनता मावि मेचीनगर– ०३ तेलपानी, कृष्ण आधारभुत विद्यालय मेचीनगर – ०२ , मेची जनसाधारण माध्यमिक विद्यालय मेनपा –०२, पवित्रा माध्यमिक विद्यालय मेनपा–०१ तिरीङ, यूनाईटेड अंग्रेजी स्कुल मेनपा–०१, सौरभ नमूना अंग्रेजी स्कुल मेनपा–०४, जनकल्याण प्राथमिक विद्यालय मेनपा –०१, देवी प्राथमिक विद्यालय मेनपा–०१, सरस्वती माध्यमिक विद्यालय मेनपा–०४, एस पी निकेतन माध्यमिक विद्यालय मेनपा–०१,बौद्धमोड अंग्रेजी स्कुल मेनपा–०२ बौद्धमोड, सनसाइन अंग्रेजी स्कुल मेनपा–०२, विद्या विकाश एकाडेमीलगायतका विद्यार्थीहरु नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेको नृत्यमा विभिन्न जातजाति, वर्ग, समुदायको कला, संस्कृति, रीतिरीवाज, पहिचान झल्किन्थियो । सनसाईन अंग्रेजी स्कुलका विद्यार्थीहरु देशभक्ति गीत र स्थानीय गायक कुमार चौहानले बाहुनडाँगीको विभिन्न स्थानलाई समेटेर तयार पारिएको गीतले सहभागी सवैलाई मन्त्रमुग्ध पारेका थिए ।
भोली सम्मान तथा भजन किर्तन साथै धार्मिक प्रवचन, साँझमा अखण्ड पाठ तथा सन्ध्या आरती र अन्तिम दिन २० गते अखण्ड भागवत पाठ समापन र कृष्ण रथ यात्राका साथ सम्पूर्ण कार्यक्रम समापन हुने आयोजक संस्थाका अध्यक्ष हिम्मत क्षेत्रीले बताए । देशमा भएको यो विपद्का बखत निक्कै तामझामका कार्यक्रम नगरी नेपाली लोक संस्कृति, कला, साहित्यलाई बचाई राख्नका लागि धार्मिक एवम् साँस्कृतिक कार्यक्रम गरिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.