ड्रग्स प्रकरणमा रियाले नाम लिएको भन्दै मिडिया ट्रायल भएपछि रकुलप्रीत सिंह पुगिन् अदालत

A notice in Nepali from Mechinagar Ward No. 10

बलिउड अभिनेत्री रकुलप्रीत सिंह दिल्ली उच्च अदालत पुगेकी छन्।

बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु मुद्दामा ड्रग्स कनेक्सनको अनुसन्धानका क्रममा मुख्य अभियुक्त रिया चक्रवर्तीले आफ्नो नाम लिएको भन्दै सञ्चारमाध्यममा आइरहेको खबरहरु रोक्न माग गर्दै रकुलप्रीतले उच्च अदालतमा निवेदन दिएकी हुन्।

निवदेनमा आफूविरुद्ध भइरहेको मिडिया कभरेज रोक्न रकुलले माग गरेकी छन्। ‘किन मेरो इमेज (व्यक्तित्व) खराब गर्ने प्रयास हुँदैछ?’ उनले प्रश्न गरेकी छन्।

रिया चक्रवर्तीको मुद्दामा आफ्नो नाम जबरजस्ती ल्याएर मिडिया ट्रायल चलिरहेको उनको गुनासो छ। रकुलप्रीतले सूचना एवं प्रसारण मन्त्रालयलाई आफूविरुद्धको मिडिया कभरेज रोक्नका लागि आदेश जारी गर्न अदालतसँग अनुरोध गरेकी छन्।

रकुलप्रीतले आफ्नो र सारा अली खानको नाम रियाले लिएको र मिडियामा खबरहरु आइरहेको कुरा आफूले शुटिङमा रहेका बेला जानकारी पाएको पनि उल्लेख गरेकी छन्।

रकुलप्रीतका वकिलले मिडियाले प्रताडित गरिरहेको भन्दै न्याय दिन माग गरेका छन्।

उता अदालतले भने रकुलप्रीतलाई सूचना एवं प्रसारण मन्त्रालयमा औपचारिक उजुरी किन नदिएको भनी प्रश्न गरेको छ। यो निवेदनमा माथि सुनुवाइ चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.