होटल व्यवसायी संघको सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

८ भदौ, मेचीनगर :  होटल व्यवसायी संघ मेचीनगरले आइतबार पुराना होटल व्यवसायीहरूलाई सम्मान गरेको छ ।

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर संघको सभाहल मेचीनगर– ०६ काँकडभिट्टामा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरूमा लोकमाया सुब्बा, सुनमाया तामाङ, माइली तामाङ, कुमारी श्रेष्ठ, पवित्रा ओली, सीता राई हुनुहुन्छ ।

उहाँहरूले शुरूमा काँकडभिट्टामा होटल सञ्चालन गरेर अन्यलाई समेत होटल व्यवसायमा लाग्न प्रेरणा प्रदान गरेकाले होटल व्यवसायप्रतिको बफदारको उच्च मुल्यांकन सहित उहाँहरूलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेती, विशिष्ट अतिथि होटल व्यवसायी महासंघ केन्द्रीय सदस्य डम्मरकुमारी (पद्म)श्रेष्ठ, होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठलगायले अविर टीका र दोसल्ला पहिर्याएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले ज्येष्ठ नागरिकमा रहेको इमान्दारिता र अनुशासनको मुहानलाई नयाँ युवा पुस्तामा हस्तान्तरण गर्न सक्षम वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यबाट सामूहिक प्रयास आवश्यकता औल्याएका थिए । समाजका ज्येष्ठ नागरिकहरू जीवित इतिहास हुन् । ज्ञान, सिप र अनुभव भएका हाम्रा लागि प्रेरणा स्रोत र शक्ति पुञ्ज हुन् । आजका युवाले अनुभव र विचारबाट राम्रो जीवन सिप सिक्नुपर्ने उहाँहरुको भनाई थियो । ज्येष्ठ नागरिक जनसमुदायका अग्रज र अभिभावक भएको भन्दैं उनीहरूको जीवनलाई थप मर्यादित र सहज बनाउन सबै परिवार, समाज, स्वास्थ्य र सामाजिक संस्था, अस्पताल, प्रहरी, प्रशासन, सञ्चारमाध्यम र राष्ट्रियदेखि स्थानीय सरकारका सबै तहले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्ने वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दैं उनीहरले होटलमा एउटा सामान्य मानिसदेखि राष्ट्र प्रमुख, सरकार प्रमुखसहित अन्य उच्च तहका मानिसहरू पनि घर छाडेका दिन एकरात होटलमानै बस्ने गरेकाले व्यवसायीहरूले आफ्ना होटलमा आउने जो कोहीलाई पनि सम्मानसहित असल संस्कार दिन सक्नुपर्ने बताएका थिए । हरेक चाडपर्वका आ –आफ्ना विशेषता र महत्वहरू हुन्छन । यो हरितालिका तीजको पनि आफ्नै महत्व र विशेषता छ । यो तीजले सात समुन्द्र पारी रहेका चेली र माईतीलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गरेको उहाँहरूको भनाई थियो ।

एउटी चेलीको सुःख दुःख र पीडालाई गीतको माध्यमबाट व्यक्त गर्ने भएपनि केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको उहाँहरूको भनाई थियो । हुँदा खाने र हुनेखानेकाबीचमा खाडल रहेको भन्दै तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेकोमा वक्ताहरूले चिन्ता व्यक्त गरे । तीज मनाउने नाममा महिलाले अरूको देखासिकि, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने र अब महिलाले तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने उहाँहरूको धारणा थियो ।

संघका अध्यक्ष सुरेशकुमार (गोपाल) श्रेष्ठ फेवाको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर –६ का वडाध्यक्ष ललितबहादुर तामाङ, होटल व्यवसायी महासंघ केन्द्रीय सदस्य डम्मरकुमारी (पद्मा) श्रेष्ठ , होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विजय डालमियालगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संघका सचिव बिमला तामाङले र स्वागत वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरीले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.