घण्टौंको सोधपुछपछि जफत गरियो दीपिकासहित तीन अभिनेत्रीको फोन

A notice in Nepali from Mechinagar Ward No. 10

भारतको लागुऔषध नियन्त्रण एनसिबी(एनसिबी)ले बलिउड अभिनेत्री दीपिका पादुकोणसहित तीन बलिउड अभिनेत्रीको फोन जफत गरेको छ।

हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार एनसिबीले दीपिकासँगै सारा अलि खान तथा श्रद्धा कपुरको फोन जफत गरेको हो।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युमा लागु पदार्थको पाटोको अनुसन्धान गरिरहेको एनसिबीबाट पक्राउ गरिएकी सिंहकी प्रेमिका रिया चक्रवर्तीले बयानका क्रममा अन्य अभिनेत्रीहरूको नाम लिएपछि दीपिका लगायतका अभिनेत्री लागु औषधको प्रयोग तथा खरिद लगायतका विषयमा तानिएका हुन्।

हाल रिया र उनका भाइ हिरासतमा छन्।

एनसिबीले लागुपदार्थको प्रयोग र खरिद गरेको तथा सोका कारोबारीसँग सम्पर्क रहेको आशंकामा उनीहरूसँग सोधपुछ गरिरहेको छ।

शनिबार सारा, दीपिका र श्रद्धासँग एनसिबीले घण्टौं बयान लिएको थियो।

उनीहरू अघि बयान लिइएका राकुलप्रीत, सिमोन खम्बाटा र जया शाहाको फोन पनि एनसिबीले जफत गरिसकेको छ।
त्यस्तै एनसिबीले करण जोहरको फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सनका कार्यकारी निर्माता क्षितिज रवि प्रसादलाई पक्राउ गरेको छ।

एनसिबीले यस प्रकरणमा हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ।

एनसिबीले दीपिकालाई कोलाबाको एक गेस्ट हाउसमा सोधपुछ गरेको थियो भने सारा अलि खान र श्रद्धा कपुरलाई एनसिबीको बलाडस्थित क्षेत्रिय कार्यालयमा सोधपुछ गरेको थियो।

बयान दिन श्रद्धा एनसिबी कार्यालय करिब १२ बजे पुगेकी थिइन् भने सारा १ बजे पुगेकी थिइन्।

१२ बजे बयानका लागि पुगेकी सारा ६ घण्टापछि त्यहाँबाट बाहिरिएकी थिइन भने सारा ५.३० बजे बाहिरिएकी थिइन्।

सुशान्तको मृत्यु प्रकरणमा भइरहेको अनुसन्धानले बलिउड कलाकारको लागुपदार्थको खरिद, प्रयोग तथा ओसारपसारसँग जोडिएका च्याटहरू भेट्टाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.