टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं, जेठ २६: टिकटकमा विश्वभरकै सबैभन्दा धेरै फलोअर्स भएका स्टार कबी लेम (Khaby Lame) अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार, उनलाई अमेरिकी अध्यागमन प्रहरीले भिसामा उल्लेखित म्यादभन्दा धेरै समय अमेरिकामा बसोबास गरेको आरोपमा हिरासतमा लिएको थियो।

सेनेगली मूलका इटालियन नागरिक लेमलाई गत जुन ६ (जेठ २३ गते) का दिन नेभाडा राज्यको लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो। केही समय हिरासतमा राखेर उनलाई प्रस्थान गर्न दिइएको समाचारमा जनाइएको छ।

समाचार संस्था एएफपी (AFP) का अनुसार, उनी गत अप्रिल २० (वैशाख ७ गते) का दिन अमेरिका पुगेका थिए। यसबारे लेमले भने हालसम्म कुनै प्रतिक्रिया वा स्पष्टीकरण दिएका छैनन्।

कबी लेम युनिसेफका सद्भाव राजदूतसमेत हुन् र टिकटकमा उनलाई १६ करोडभन्दा धेरैले फलो गरेका छन्। उनको यो पक्राउको खबरले विश्वभरका उनका करोडौं फलोअर्समाझ चर्चा र चासो बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.