२० भदौं, मेचीनगर ः उमंग क्रियसनको आयोजनामा ’एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन् । झापा मेचीनगर—६ काँकरभिट्टाकी अभिलाषा लम्साल समेत अन्तिम २२ जना प्रतिस्पर्धीमा परेकी छन् ।
झापा मेचीनगर नगरपालिका -६ काँकरभिट्टाका अर्जुन र आमा जयन्ती खरेल लम्सालको पहिलो सन्तानको रुपमा २०५२ साल पुस ७ गते झापाको मेचीनगर–६ मा जन्मिएकी अभिलाषा पाँच सय जना प्रतिस्पर्धीहरूमध्येबाट २२ जना अन्तिम प्रतिस्पर्धीहरूको नाम सार्वजनिक हुँदा परिन् । यसले आज सिङो मेचीनगरमात्र होईन झापाको छाती खुशीले गदगद छन् ।
मानव ओसारपसार नियन्त्रण गर्न, समाजमा हिंसाका घटनामध्ये बढ्दोरुपमा देखिएको बलात्कारका घटनालाई निरुत्साहित गर्न महिला आफैले आत्मारक्षा वा आत्मसुरक्षा गर्नुपर्दछ र मानव ओसारपसार तथा बेचबिखनको विरुद्धमा उनले प्रस्तुत गरेको धारणाले नै अभिलाषा दोस्रो राउण्डबाट अग्रस्थानमा छनोट हुन् साथ दिएको थियो । अभिलाषामा पनि बाल्यकालदेखि नै त्यहि सोच बोकेकी एक कुशल प्रतिभा भएकी बाबु अर्जुन लम्सालको भनाई छ ।
यो खवरले मेचीनगरवासी र झापावासीमा खुशीको सीमानै छैन् । २२ जनामध्ये दुई जना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागिता छ । एकजना विवाहित महिला उनै अभिलाषा हुन् । २२ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट विजेताले नोभेम्बरमा एल साल्भाडोरमा हुने मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नेछन् । अब अभिलाषालाई विजयीको ताज पहिर्याउन झापासहित मेचीनगर लाग्नुपर्ने छ । प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रस्तुत गरिएको थियो ।
पोखराका प्रबिन पौडेलसँग २०७९ सालमा बैवाहिक जिवनमा बाँधिएकी अभिलाषालाई एल साल्भाडोरमा हुने पेजेन्टको अन्तर्राष्ट्रिय संस्करणमा मुलुकको प्रतिनिधित्व गर्न अत्यधिक भोट गरी विजयी गराउनुपर्ने जिम्मा उनको परिवारकोमात्र होईन् हरेक मेचीनगरवासी र झापावासीको काँधमा छ । ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फिनाले आगामी भदौ २३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने भएको छ ।
झापाली चेली अभिलाषा लम्साललाई भोट गरेर जिताउन अहिले उनको परिवारले विभिन्न माध्यमबाट आग्रह गरेको छ । बुधबार झापाको मेचीनगरमा पत्रकार सम्मेलन गर्दै उनका बाबु, मामासहित अन्य परिवारले पत्रकार सम्मेलन गर्दै भोट गरिदिएर ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फिनालेमा विजयी बनाएर नोभेम्बरमा एल साल्भाडोरमा हुने मिस युनिभर्समा नेपालकातर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् । खल्ती एप डाउनलोड गरेर इन्टरटेमेन्ट , मिस युनिभर्समा गएर भोट गर्न सकिने मामा देवेन खरेलको भनाई छ ।
सानैदेखि केहि नयाँ नयाँ कुरा सिक्न उत्सुक हुने चञ्चले स्वभावकी अभिलाषा सरसफाइ, धार्मिक तथा सामाजिक काममा औंधी खाख्छिन् । मेचीनगर १० धुलाबारीस्थित इष्ट होराईजन माविमा ७ देखि कक्षा १२ सम्म अध्ययन गरेकी थिइन् । अभिलाषाले नेपालमा स्नातक र डेनमार्कमा मास्टर गरिसकेकी छ्न् ।
अभिलाषाको प्रतियोगी नम्बर १०३३ रहेको छ । खल्ती एफबाट १० रुपैयाँदेखि ३५ हजारसम्म भोट गर्न सकिने बताइएको छ । भोट गर्ने समय अब २ दिन २० घण्टा मात्र रहेको पत्रकार सम्मेलनमा बताइएको छ । विभिन्न प्रतिस्पर्धीहरूलाई आत्मविश्वास बढाउन यो उत्कृष्ट अवसर भएको आयोजकको भनाई छ ।

























