सधैँका लागि बिदा भए बलिउड अभिनेता फराज खान

A notice in Nepali from Mechinagar Ward No. 10

बलिउड अभिनेता फराज खानको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४६ वर्षीय खानको उपचारका क्रममा बुधबार बेलगुरुस्थित एक अस्पतालमा निधन भएको हो।

उनी लामो समयदेखि बिरामी थिए।

अभिनेत्री पूजा भट्टले ट्विटरमार्फत अभिनेता खानको निधनको जानकारी दिएकी हुन्।

उनले ट्विट गरेकी छन्, ‘भारी मनका साथ जानकारी गराइरहेकी छु– फराजले हामीलाई छाडेर गए, अब उनको ठाउँ कसैको उपस्थितिले भरिँदैन।’

सन् १९९० को दशकका चर्चित अभिनेता खानले ‘मेहन्दी’, ‘फरेब’, ‘दुल्हन बनू मैं तेरी र ‘चाँद बुझ गया’लगायत फिल्ममा अभिनय गरेका छन्।

स्वास्थ्य बिग्रिएपछि उनी लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा थिए। उनको आर्थिक अवस्था एकदमै कमजोर थियो।

बेलगुरु अस्पतालमा लागेका सबै खर्च अभिनेता सलमान खानले तिरिदिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.