मेचीनगरका किसान सिमल तरुल खेतीतर्फ आकर्षित

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
३ चैत, मेचीनगर :  पछिल्लो समय झापा मेचीनगरका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । बाझो जमीनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानीसमेत लिन थालेका छन् । किसानले बारीमा व्यावसायिक रूपमा लगाएको तरुलले नगद आम्दानी दिन थालेपछि पनि यस खेतीप्रति मानिसको आर्कषण बढेको हो ।
थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यहाँका किसानको रोजाइमा सिमल तरुल खेती परेको किसानहरुको भनाई छ । यहाँका अधिकाँश किसानले एकल खेती गर्दै आएको र निकट भविष्यमा सामूहिक रूपमा व्यावसायिक सिमल तरुल खेती गर्ने योजनामा छन् । शुरु शुरुमा स्थानीय राजु श्रेष्ठ, सन्तकुमार राईले यो खेती शुरु गरेका थिए । पछिल्लो समय उनीहरुकै अधिकाँश छिमेकीहरुले बाँझो खेतमा यो खेती शुरु गरेका छन् । सिमल तरुल खासगरी सुख्खा र बञ्जर जमिनमा खेती हुने भएकाले पूर्वका थुप्रै ठाउँमा यसको खेती हुँदै आएको छ । नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, सर्लाही, सिन्धुली, धनुषा, चितवन नवलपरासी, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा खेती गरिँदै आएकाले नेपालमा सिमल तरुल प्रशोधन उद्योग स्थापनाको आवश्यकता औल्याईँएको । नेपालमा प्रतिहेक्टर १५ टनसम्म उत्पादन भएको पाइन्छ । नेपालमा पुरानो बीउको प्रयोग, यसलाई त्यति वास्ता नगर्ने, मलजलको उचित व्यवस्थापन नभएका कारण कम उत्पादन भएको किसानहरुको अनुभव छ ।

धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनसँगै सिञ्चाई सुविधा नभएको बाझो जमीनमा किसानले सिमलतरुल खेती गरेर मनग्य आम्दानीसमेत लिन थालेको मेचीनगर-७ का राजु श्रेष्ठले बताए । एकवर्षअघिमात्र १५ कठ्ठा जमीनमा सिमल तरुल खेती गरेर लाखौं रुपैयाँ आम्दानी गरेका श्रेष्ठले यो वर्ष एक विगाह बाझो जमीनमा सिमल तरुलको व्यावसायिक खेती गरेको बताए ।
पहिलो पटक मैले यो खेतीबाट करीब एक लाख रुपैयाँको कारोवार गरे ’श्रेष्ठले भने उत्पादन पनि राम्रो, लगानी अनुसार आम्दानी पनि चित्त बुझ्दो भएका कारण यसपटक मैले एक विगाह जमीनमा सिमल तरुल खेती लगाएको छु ।
अन्य बालीभन्दा सिमल तरुल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको मेचीनगर-७ का टंकप्रसाद खनालले जानकारी दिए । सिमल तरुल खेती गर्न अन्य खेतीभन्दा सजिलो र बढी मेहनत गर्नुनपर्ने भएकाले यसको खेतीतर्फ किसानको आकर्षण बढेको हो खनालले भने,  त्यसैका कारण पछिल्लो समय अधिकाँश कृषकको रोजाईमा सिमल तरुल खेती परेको छ । खनालले यसै वर्षबाट १५ कठ्ठा जमीनमा व्यवसायिक सिमल तरुल खेती शुरु गरेको बताए । धान गहुँ रोप्यो सिञ्चाई सुविधा हुदैंन, यसमा लगानी अनुसारको आम्दानी भएन, भनेको बेला काम गर्ने कृषि मजदुर भेटिदैंन, सिमल तरुलमा कुनै समस्या छैन् । त्यसकारण यस खेतीतर्फ आर्कषण भयो र शुरु गरेको हुँ ।’ खनालले थपे । छिमेकी राजु श्रेष्ठको सिमल तरुल खेतीबाट भएको आम्दानीले खनाललाई यो खेतीतर्फ आर्कषण भएको हो ।
शुरु शुरुमा घर आगनमा थोरै थोरै जमीनमा रोपण हुँदै आएको सिमल तरुलको माग पछिल्ला दिनमा बजारमा बढेसँगै व्यावसायिक खेती विस्तार हुन थालेको मेचीनगर -७ का सीता कार्कीको भनाई छ । उनले पनि यसै वर्षबाट १० कठ्ठा जमीनबाट व्यवासयीक सिमल तरुल खेती शुरु गरेको बताईन् । स्थानीय कल्पना श्रेष्ठले समेत यसै वर्षबाट १५ कठ्ठा जमीनमा यो सिमल तरुल खेती शुरु गरेको बताईन् । पछिल्लो समय बजारमा सिमल तरुलको माग बढेपछि अधिकाँश मेचीनगरका किसानले व्यावसायिक रूपमा नै यसको खेती गर्न थालेको स्थानीयको भनाई छ । १० कठ्ठा जमीनमा लगाएको सिमल तरुल विक्रीबाट ६० हजार रुपैयाँको कारोवार भएको जमुना राईको भनाई छ । १० कठ्ठा जमीनमा सिमल तरुल खेती गर्दा पाँच छ हजार रुपैयाँ खर्च भयो ’ उनले भनिन् , ६० हजार रुपैयाँजतिको कारोवार भयो ।’ …पहिले पहिले सिमल तरुल घरमा सामान्य खाजा खानका लागि मात्र रोप्ने चलन थियो, तर पछिल्लो समय बजारमा माग बढेपछि अन्य खेती मासेर व्यावसायिक रूपमा नै यसको खेती गर्न थालेका छौँ, उनले भनिन् । सूर्य श्रेष्ठले समेत यसै वर्षबाट व्यावसायिक रुपमा यसको खेती शुरु गरेको बताए ।
अझ मेचीनगर -७ को धनकुटे बस्ती, तामाङ बस्तीका धेरै किसानले करेसाबारीमा प्रश्स्त सिमल तरुल खेती लगाएका छन् । यहाँ उत्पादिन सिमल तरुल विक्रीका लागि बजारको कुनै समस्या नभएको कृषक राजु श्रेष्ठको भनाई छ । सिमल तरुल किन्न स्थानीय व्यापारीलगायत सीमावर्ती भारतका व्यवपारी समेत किसानको खेत बारीमा नै पुग्ने गरेका छन् ।
मेचीनगरमा व्यावसायिक उत्पादन बढेसँगै सिमल तरुल खरिद भारतको पानीट्याँकी, खोरीवारी, बतासी अधिकारी नक्शलबाडीलगायत नेपालको धुलावारी, विर्तामोड, चारआलीसहित मेचीनगर आउने स्थानीय व्यापारीको संख्यासमेत बढ्दै गएको बताइएको छ । …पुसको अन्तिम सातातिर खनिन्छ । विक्री गर्न पनि खासै समस्या छैन । पहिला विक्री नभएर समस्या हुन्थ्यो भने अहिले फोनकै भरमा विक्री हुन्छ ।Ú यसबाट नगद आम्दानी हुने भएकाले सबैले लगाउने गर्छन् ।
मेचीनगरमा उत्पादित सिमल तरुल व्यापारीमार्फत दैनिकरूपमा झापाको दमक, बिर्तामोड, मोरङको उर्लाबारी, सुनसरीको इटहरी र धरानसम्मका बजार पुग्ने गरेको छ । भारतीय व्यपारीले ट्रकमा लोड गरेर काठमाडौं पोखरा हेटौडासम्म पुर्याउने गरेका छन् । अघिल्लो सिजनमा राजुले मात्र ६० क्विन्टल सिमल तरुल उत्पादन गरेको बताए ।
किसानहरुका अनुसार सिमल तरुलको खरिदबिक्री पुस, माघ र फागुनमा बढी हुन्छ । बजारमा यसको माग बढ्दै गएपछि किसानको मुख्य आम्दानीको स्रोतसमेत सिमल तरुल बन्ने गरेको छ । सिमल तरुल किसानको बारीबाट प्रतिकिलो २० देखि ३० रूपैयाँमा खरिद बिक्री हुँदै आएको छ । कुनै बेला प्रतिकिलो भारतीय १० रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो । अन्न वाली भन्दा सिमल तरुल खेती बाट बढी आम्दानी हुने भएकोले कृषकहरु यसको खेती गर्न रुचाउछन् । तर आफुले उत्पादन गरेका बस्तुको स्थिर बजार मुल्य नभएकाले सोचे अनुसारको आम्दानी हुन सकेको नसकेको राजुको भनाई छ ।
आफुहरुले उत्पादन गरेको बस्तुको स्थानीय सरकारले बजारको व्यावस्था मिलाउन सके लगानी अनुसार मनग्य आम्दानी गर्न सकिने कृषक बताउछन् । विशेष गरी माघे सङ्क्रान्तिमा कन्दमूलको रूपमा तरुल खाने प्रचलन छ । माघे सङ्क्रान्तिका बेला बजारमासमेत तरुलको ठूलो माग रहन्छ । यो समयमा मेचीनगरमा मात्र नभएर झापा जिल्लाभरिमा उत्पादन भएको सिमल तरुल पोखरा, तानसेन, बुटवल, नारायणगढ, काठमाडौँसम्म पाल्पाको तरुल निकासी हुन्छ ।
सिमल तरुल पोर्चुगल हँदै १६ औ शताब्दीमा अफ्रिकन मुलुक र १७ औं शताब्दीमा भारतमा भित्रिएको अनुमान गरिएको छ । नेपालमा सिमल तरुलको खेती सन् १९६० को दशकतिर प्रवेश गरेको इतिहास छ । यो पहिलो विश्वयुद्धमा नेपालसम्म आइपुगेको विश्वास गरिन्छ । सिमल तरुलको व्यावसायिक उत्पादनका विषयमा विषयविज्ञ डाक्टर डा. बद्रीप्रकाश ओझाले आफूले अनुसन्धान गरेअनुसार इलामको चुलाचुली गाउँपालिकामा २०२४ सालमा एकजना लिम्बू वृद्धाले सिक्किमबाट नेपाल आउँदा एउटा लौरो टेकेर ल्याएकी र उक्त लौरो इलामको पेल्टिमारीस्थित आफ्नो घरमा पुगेपछि यसै फालिदिएकी थिइन् । पछि पुरिएर एक किसिमको सिमलजस्तो बिरुवा उम्रियो । अर्को वर्ष झन् ठूलो झाङ भयो । मानिसले उखेलेर हेर्दा तरुलजस्तो जरा भेटियो । खान मिल्ने हो कि होइन भनेर त्यत्तिकै फालिदिए । फेरि उम्रियो र ती महिलाको घरमा फैलियो । एक दुई वर्षपछि फेरि सिक्किमका आफन्तकोमा गएका बेला सिमल तरुलबारे छलफल भएपछि यो चिज खान मिल्ने जानकारी भयो । त्यसपछि पेल्टिमारीमा यो कन्दमूल फैलिएको इतिहास छ । हुनसक्छ, सोही स्थानबाट अन्य भागमा फैलियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.