जेल जीवनदेखि सांसदको टिकटसम्म

A notice in Nepali from Mechinagar Ward No. 10

 

१० माघ मेचीनगर :  प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा झापा १ बाट नेकपा (एमाले) ले स्थानीय रामचन्द्र उप्रेतीलाई पार्टीको तर्फबाट उम्मेद्वार वनाएको छ । उप्रेतीको उम्मेद्वारी दर्तासँगै राजनीतिक दलका कार्यकर्तादेखि सर्वसाधारण खुसी भएका छन् ।

उम्मेद्वारी मनोनयनका क्रममा

पेसासहितको राजनीति र समाजसेवामा विश्वास राख्ने प्रस्ट वक्ता उप्रेती सफल सहकारी अभियन्ताको रूपमा देशभरि नै परिचित व्यक्ति हुन् । अध्ययनमा विशेष रुचि राख्ने उनले सहकारी क्षेत्रसँग सम्बन्धित पुस्तकहरूसमेत प्रकाशन गरेका छन् ।

नेपालका सफल सहकारीहरूको सूचीमा रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि (एनएमसी) को संस्थापक अध्यक्षको नेतृत्वमा मेचीनगरमा सञ्चालित एनएमसी डेरी उद्योग, नमुना कृषि फार्म र इलाममा ३ ओटा अर्थोडक्स चिया उद्योगहरू सफलतापूर्वक सञ्चालन भइरहेका छन् ।

सहकारी क्षेत्रको नेतृत्व गर्ने राष्ट्रिय सहकारी महासङ्घको केन्द्रीय सदस्य, सहकारीसम्बन्धी नीति निर्माणका लागि भूमिका निर्वाह गर्ने राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसकेका उप्रेती सहकारी र समाजमा असल संस्कार स्थापना गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकै कारण २०७६ साल बैसाख १ गते नेपाल सरकारको सिफारिसमा तत्कालिन राष्ट्रपतिबाट सुप्रवल जनसेवा श्रीद्वारा विभूषित हुनुभएको छ । त्यसै गरी पोखरास्थित रोयल सहकारी संस्था, किसान कल्याण सहकारी संस्था सुनसरी, उदयपुरको सहयोगी सहकारी संस्थाबाट, जिल्ला सहकारी संघ झापा, जिल्ला सहकारी संघ सिन्धुलीबाट र अन्य दर्जन जति सहकारी संघसस्थाबाट प्रमाणपत्र सहित सम्मान गरिएको छ । कोशी प्रदेश सरकार सहकारी विभागरबाट २०८० सालमा राष्ट्रिय सहकारी व्यक्तित्वको रूपमा सम्मान प्रदान गरिएको थियो ।

सुप्रवल जनसेवा श्रीद्वारा विभूषित हुदैं

पञ्चायती शासनकालमा राजनीतिक प्रतिशोधको शिकार भई २०४५—४७ साल जेल जीवन बिताएका उप्रेती दर्जनौँ सङ्घसंस्थाहरूबाट अभिनन्दित व्यक्तित्व हुन् । पार्टी भूमिगत भएदेखि नै राजनीतिमा सव्रिmय उप्रेतीले नेकपा (एमाले) को नगर कमिटी प्रमुखदेखि जिल्ला सदस्य हुँदै केन्द्रीय विभागको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् ।

सामाजिक क्षेत्रमा काँकरभिट्टा खानेपानी उपभोक्ता संस्था, झापा वाणिज्य सङ्घ शाखा काँकरभिट्टाको संस्थापक सचिव रामचन्द्र उप्रेतीले विगतमा काँकरभिट्टा मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, काँकरभिट्टा क्याम्पस, मेची बस व्यवसायी सङ्घको सञ्चालक भूमिका निर्वाह गरिसकेका छन् । त्यसैगरी मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी, जीवन स्मृति प्रतिष्ठान दमक, नेपाल रेडक्रस सोसाइटी, त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारी, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान काठमाडौँको आजीवन सदस्य उप्रेतीकै सव्रिmय अभिभावकत्व र स्थानीय युवाहरूको पहलमा काँकरभिट्टाको देवकोटा पार्क संरक्षण भएको थियो ।

उदयपुरको बेलका नगरपालिकामा रहेको सहयोगी बचत ता ऋण सहकारी संस्थाबाट सम्मान ग्रहण गदैं

भ्रष्ट मानसिकताबाट नै भ्रष्टाचारको जन्म हुन्छ । भ्रष्टचार निर्मूल गर्न जगदेखि नै असल संस्कार स्थापित गर्नुपर्छ भन्ने विचार र व्यवहारका धनी रामचन्द्र उप्रेती सादगी र अनुशासनका अनुुयायी हुन् । सहकारीका कार्यक्रम र निजी भ्रमण समेत गरेर अमेरिका, युरोप र एशियामा गरेर १८ देशको भ्रमण गर्नु भएको छ । आधा दर्जन बढी पुस्तका लेखक उप्रेतीका राष्ट्रिय तथा स्थानीयस्तरका विभिन्न सञ्चारमाध्यमहरुमा सयौं फुटकर र समसामयिक लेख रचनाहरु विभिन्न समयमा प्रकाशन भएका छन् । लामो समयसम्म जेल जीवन विताउँदै कठोर यातना पाएका रामचन्द्रको संसद्को यात्रा पूर्ण हुन्छ या हुदैन् त्यसका लागि हामीले फागुन २१ को निर्वाचनको परिणाम पर्खनु नै पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.