झापामा विज्ञान प्रदर्शनी शुरु :५० विद्यालयबीच प्रतिस्पर्धा

A notice in Nepali from Mechinagar Ward No. 10

२३ जेठ, विर्तामोड : झापाको विर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन ।

उनले प्रविधिको प्रयोग गर्दै विद्यार्थीले तयार पारेको रिमोट कन्ट्रोल बिद्धुत सर्किटको प्रयोग गर्दै पानसमा बत्ती बालेर उद्घाटन गरिन् । १२ जिल्लाका ५० बढी विद्यालय प्रतियोगी रुपमा सहभागी भएको आयोजक सचिवालयले जानकारी दिएको छ । प्रतियोगितामा झापा मेचीनगरका ७ विद्यालय सहभागी छन् ।

मेचीनगरबाट धुलाबारी मावि, आदर्श मावि इटाभट्टा, बाल सुबोधनी मावि दुवागढी, बलभद्र जनता मावि धाईजन, इष्ट होराइजन अंग्रेजी मावि धुलावारी, झापा नेशनल अंग्रेजी मावि इटाभट्टा तथा हिमालय इङ्ग्लिस एकाडेमी धुलाबारी सहभागी छन् ।

सचिवालयका अनुसार शनिबार पहिलो दिन १२ जिल्लाका विद्यालयले प्रतियोगीरुपमा दर्ता भएका छन् । जसमा अन्य केही स्टल अप्रतियोगी रुपमा प्रदर्शनीको लागि राखिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिलाई प्रयोगशालामा मात्र सिमित नराखी व्यवहारीकरुपमा प्रयोगमा ल्याउन यस किसिमका कार्यक्रमले सहयोग गर्ने बताईन् ।

उनले प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थी तथा शिक्षकहरुमा बधाई गरिन् । उनले राजनीतिक दलले यस किसिमका कार्यक्रम आयोजना गरेर फरक उदाहरण प्रस्तुत गरेकोसमेत भण्डारीले बताईन् ।

समय अभावका कारण भण्डारीले केही स्टलहरुमात्र अवलोकन गरेकी थिइन् । प्रदर्शनीको उद्घाटन समारोहमा देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ, नेकपा एमाले कोशी प्रदेश इन्चार्ज एवम् पुर्व मुख्यमन्त्री शेरधन राई प्रमख अतिथि भण्डारीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

मदन भण्डारी फाउन्डेशन झापाको सहआयोजना रहेको प्रदर्शनीलाई एनसेलले मुख्य प्रायोजन गरेको छ । नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश समितिको आयोजनामा तीन दिन चल्ने प्रतियोगिताको निर्णायकमा त्रिभुवन विश्व विद्यालय विज्ञान विभागका प्राध्यापक, नाष्टका प्रतिनिधि तथा विज्ञान शिक्षक समाजका प्रतिनिधि शिक्षक रहेको नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेश प्रमुख गणेश पोख्रेलले जानकारी दिए ।

मदन भण्डारी फाउन्डेसन झापाका सचिव शिव ढुङ्गेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत विभाग कोशी प्रदेश सचिव राजकुमार भण्डारी तथा अध्यक्षता विभाग प्रदेश प्रमुख पोख्रेलले गरेका थिए ।

१ सय २५ स्टल रहेको प्रदर्शनी विर्तामोड–५, स्थित देवी माविको प्राङ्गणमा जारी छ । प्रदर्शनीमा पहिलो हुनेले ४ लाख, दोस्रोले ३, तेस्रोले २ लाख तथा चौथो स्थान हासिल गर्नेले १ लाख नगत प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट २५ विद्यालयलाई नगद २५ हजारका दरले पुरस्कृत गरिने आयोजकले बताएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.