मेष–तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । सरकारी कडिकडाउको सिकार भइनेछ ।
वृष–अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने छ ।अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला।
मिथुन–व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ ।
कर्कट–विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।
सिंह–अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
कन्या–विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।
तुला–आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला ।मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ ।
वृश्चिक–प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
धनु–रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ ।
मकर–प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ ।
कुम्भ–रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
मीन–परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।
ज्योतिषशास्त्रमा आचार्य गर्नु भएका तुलसी गुरु नेपालको ख्यातिप्राप्त ज्योतिष हुनुहुन्छ । वहाँका कार्यक्रमहरु YouTube : Tulasi Guru 9841405073 मा दैनिक हेर्न र सुन्न सकिनेछ ।