Thursday, June 24, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रियअफ्रिकी महिला सिथोलले एक पटमा १० जना बच्चालाई जन्म दिइन्

अफ्रिकी महिला सिथोलले एक पटमा १० जना बच्चालाई जन्म दिइन्

एजेन्सी। दक्षिण अफ्रिकाकी ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्। यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ । 

राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ । ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् ।

यस अघि अफ्रिकी मुलुक मालीकी हलिमा हिस्सेले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी थिइन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु