एजेन्सी । मास्क नलाउँदा अष्ट्रेलियन उपप्रधानमन्त्री बार्नवी जोयसले २०० डलर जरिवाना तिरेका छन् ।
यसअघि लकडाउनको नियम उल्लंघन गरी प्रेमिकासँग अंगालो मार्दा बेलायतका एक मन्त्रीले पद गुमाएका थिए।
न्यू साउथ वेल्स राज्यको आर्मेडेलस्थित एक पेट्रोल स्टेशनमा मास्क नलगाई उपप्रधानमन्त्री जोयश पुगेपछि कसैले नजिकको प्रहरी कार्यालयमा खवर गरेको थियो।
उप–प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक स्थलमा सरकारको आदेश उल्लंघन गरेको पाइएकाले प्रहरीले तत्काल २ सय डलर जरीवाना गरेको डेपुटी पुलिस कमिसनर ग्यारी वोरब्वाईजले बताए।
ग्यारीका अनुसार प्रहरी समक्ष उपप्रधानमन्त्री जोयशले निकै सहयोगी ब्यवहार देखाएका थिए।
सन् २०१८ मा बिवादमा परेपछि पदवाट राजीनामा दिएका जोयश हालैमात्र उपप्रधानमन्त्री पदमा नियुक्त भएका हुन्।

























