मुम्बई । बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् ।
९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् ।
उनको १९६०मा रिलिज फिल्म ‘मुगल ए आजम’ सो समय सबैभन्दा बढी आम्दानी गर्ने फिल्म भएको थियो । यो फिल्म उक्त समय बढी लगानीमा बनेको फिल्म पनि हो ।
दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण केही दिन अगाडि अस्पताल पुर्याइएको थियो । सो समय उनको हालत स्थिर बताइएको थियो । उनी बलिउडमा ट्रयाजेटी किङ्को रुपमा समेत चिनिँदै आएका छन्